+
+

केहीबेरको वर्षामै बुटवलको अमरपथ जलमग्न

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २९ गते १५:३६

२९ साउन, बुटवल । केहीबेरको वर्षाले बुटवलको मुख्य ब्यापारिक क्षेत्र अमरपथ जलमग्न बनेको छ । नालीको उचित निकास र व्यवस्थापन नहुँदा बुटवलको लक्ष्मीनगर क्षेत्रबाट आएको भलले अमरपथ र हाटबजार क्षेत्र जलमग्न भएको हो ।

लेदो माटोसहितको भलले अमरपथ क्षेत्रमा केही समय सवारी साधन चलाउन र आवागमनमा समस्या भएको थियो । स्थानीयले नालीमा जम्मा भएका प्लास्टिक लगायत अवरोध हटाएपछि एक घण्टापछि डुबान हटेको छ ।

बुटवलमा केही समय पहिले पनि वर्षाको पानीको निकास नहुँदा पश्चिम नेपाल बस व्यवसायी प्रालि, रुपन्देही उद्योग संघ र राष्ट्रिय समाचार समितिका कार्यालय डुबानमा परेका थिए ।

बुटवलमा पानी निकास हुने ढलमाथि पनि घर लगायत संरचना बनेकाले उक्त क्षेत्र अहिले थोरै मात्राको वर्षामा पनि डुबान समस्या देखिन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?