+
+

टप १० ब्रोकर कम्पनीले कति गरे किनबेच ?

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २९ गते १७:२७

२९ साउन, काठमाडौं । मंगलबार सेयर बजारमा २१ अर्ब ५१ करोड रुपैयाँको कारोबार भयो । यो कारोबार रकममा टप १० ब्रोकर कम्पनीहरूको हिस्सा ३६.५ प्रतिशत छ ।

अर्थात् टप १० ब्रोकर कम्पनीले मात्रै औसत कुल ७ अर्ब ८६ करोडको कारोबार गरे । उच्च कारोबार गरेका टप १० ब्रोकर कम्पनीमार्फत कुल ७ अर्ब ८७ करोडको खरिद हुँदा ७ अर्ब ८५ करोड रुपैयाँ बराबरको बिक्री भएको छ ।

यीमध्ये ५ ब्रोकर कम्पनीको खरिद धेरै देखिएको छ भने ५ को बिक्री धेरै देखिएको छ । इम्पेरियल, अनलाइन, सनी, आर्यतारा र दिपशिखामार्फत खरिद धेरै भएको छ भने नासा, भिजन, एबीसी, डायनामिक र प्रिमियरमार्फत बिक्री धेरै भएको छ ।

दुई ब्रोकर कम्पनीको खरिद १–१ अर्बमाथिको हुँदा बिक्री भने एउटाको मात्रै १ अर्बमाथिको रह्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?