+
+

सानो भर्‍याङमा फर्निचर उद्योगमा आगलागी

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २९ गते २१:२२

२९ साउन, काठमाडौं । सानो भर्‍याङमा एक काठ तथा फर्निचर उद्योगमा आगलागी भएको छ ।

आगलागी भएको खबर आएको र प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

अहिले घटनास्थलमा प्रहरी वृत्त स्वयम्भूका डीएसपी पूर्णिमा चन्दको टोलीले पुगेको छ । भर्खरै आगलागीको जानकारी आएको थप विवरण आउन बाँकी रहेको उनले बताइन् । सशस्त्र प्रहरी बलको टोलीलाई खबर गरेर आगो नियन्त्रण प्रयास सुरु गरिएको प्रहरीले जनाएको छ ।

तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?