+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

प्रधानमन्त्रीको प्रश्न : हामीले प्रतिगमन गर्छौं भनेर कसरी सोच्न सकिन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३० गते १४:०६

३० साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा देखिएको लोकतन्त्र विरोधी प्रवृत्तिप्रति सरकार सजग रहेको बताएका छन् ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधानको रक्षा र परिपालनामा सरकारको तर्फबाट कुनै कमी नहुने बताए ।

अहिले लोकतन्त्रका विरुद्ध केही प्रवृत्ति देखा पर्न थालेको भन्दै उनले भने, ‘कहाँ पुग्ने थाहा छैन, के बनाउने थाहा छैन, तर प्रणालीभन्दा बाहिर सामाजिक सीमाहरुको वास्ता नगरेर चल्ने केही प्रवृत्ति प्रकट भएका छन् ।’

केही कमजोरी वा बान्छित उपलब्धि हासिल नभएको हुनसक्ने उनले बताए । तर त्यसलाई अतिरञ्जनाका साथ प्रस्तुत गरेर प्रणालीविरुद्ध जाने अभिव्यक्ति प्रकट भएको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘म सिंगो सदनलाई भन्न चाहन्छु सरकार यस मामिलामा सजग छ ।’

सम्बोधनका क्रममा उनले लोकतन्त्रका लागि गरेको बलिदान ख्याल नभएको बताए । ‘हामी कठिन बाटो हिँडेर यो प्रणाली स्थापना गरेका हौं,’ उनले भने, ‘धेरै जनताको रगत बगेको छ । कोही निर्वासनमै बस्नुपर्यो, निर्वाचित प्रधानमन्त्री अकारण जेल गएर बस्नु परेका दिनहरु हामीले याद गरेका छौं ।’

त्यो बेला एकछिन अधिनायकवादले जितेजस्तो देखिए पनि लोकतन्त्रको विकल्प नभएको ओलीले बताए । संघीय लोकतान्त्रिक संविधान पनि आफूहरुले मिलेर बनाएको प्रधानमन्त्री ओलीले स्मरण गरे ।

अहिले सत्ता पक्षले संविधान संशोधन गर्नुको अर्थ प्रतिगमन नभएको उनले बताए । तानाशाहीविरुद्ध लडेर आएको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘हामीले प्रतिगमन गर्छौं भनेर कसरी सोच्न सकिन्छ ? त्यस (तानाशाही) माथि त हाम्रो विश्वास छैन । हाम्रो विश्वास लोकतन्त्रमाथि छ, त्यसकारण लोकतन्त्रका लागि लडेका हौं ।’

लोकतान्त्रिक मूल्य मान्यता अझ बढी सुदृढ गर्दै सुशासन र विकासका कामका संविधानका धाराहरु फेरबदल गर्न सकिने उनले बताए । ‘संविधान संशोधन गर्न सकिन्छ भन्नुको अर्थ जे मन लाग्यो, त्यही गर्छौं भन्ने होइन,’ प्रधानमन्त्री ओलीले भने, ‘संविधानका आधार मूल्य मान्यता, संघीय लोकतान्त्रिक  गणतन्त्र, समावेशीता मास्न हामी तयार छौं र ? म त तयार छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?