+
+

‘एकासीको गाईजात्रा’ लिएर आउँदै मनोज गजुरेल सहितका कलाकार

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३१ गते १८:५१
तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

काठमाडौं । गाईजात्रा नजिकिंदै जाँदा कलाकारहरुले हास्य व्यंग्य प्रस्तुतिको तयारी तीव्र पारेका छन् । मनोज गजुरेल, शैलेन्द्र सिंखडा लगायतको टिम पनि गाईजात्राका लागि तयारी अवस्थामा देखिएको छ ।

उनीहरुले यस वर्ष ‘एकासीको गाईजात्रा’ लिएर आउँदैछन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी भदौ २ देखि ७ गतेसम्म कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा ‘एकासी गाईजात्रा’ हुने जानकारी दिइयो ।

हास्य कलाकार मनोज गजुरेल यसपटक फेरि फरक अवतारमा प्रस्तुत हुनेछन् । कार्यक्रममा गजुरेलका साथै शैलेन्द्र सिंखडा, यमन श्रेष्ठ, चक्र दवाडी, प्रभात लामा, सुवाेध गाैतम, सजन श्रेष्ठ, मेक्सम गौडेल, सीता न्यौपाने, प्रकृति गिरी र आशिष खनालले प्रस्तुति दिनेछन् । यमन श्रेष्ठले प्यारोडी गायन प्रस्तुत गर्नेछन् भने कार्यक्रमलाई रीमा विश्वकर्माले होस्ट गर्नेछिन् ।

‘अघिल्ला शृंखला जस्तै स्ड्यान्डअप कमेडी र हास्य व्यंग्य प्रस्तुति हुनेछन् । समसामयिक राजनीतिक र सामाजिक विषय नै यस वर्ष पनि हुनेछन्,’ हास्य कलाकार प्रभात लामाले भने, ‘पात्र नयाँ आए पनि व्यवहार उस्तै देखियो । त्यसैले हाम्रो कार्यक्रम पनि यसैमा केन्द्रित हुनेछ ।’

प्रभातले गत वर्ष वैज्ञानिक महावीर पुनमा आधारित ‘आहावीर पुन’को भूमिकामा हास्य व्यंग्य प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?