+
+

सोलुखुम्बुको थामे गाउँमा भीषण बाढी (भिडियोसहित)

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३२ गते १४:५६

३२ साउन, काठमाडौं । सोलुखुम्बुको थामे गाउँमा भीषण बाढी आएको छ ।  दूधकोशीको सहायक खोला (थामे) मा शुक्रबार दिउँसो एक्कासी आएको बाढीले खुम्बु पासाङल्हामू गाउँपालिका वडा-५ मा पर्ने थामे गाउँ नराम्ररी प्रभावित भएको छ ।

स्थानीयका अनुसार केही दिनदेखि वर्षा त भइसकेको थियो, तर यति ठूलो बाढी आउने अवस्था थिएन । त्यसैले माथिल्लो भेगमा रहेको हिमताल फुटेको हुनसक्ने स्थानीयको आशंका छ ।

‘हिमपहिरो हो कि हिमताल फुटेको यकिन भइसकेको छैन’ प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले अनलाइनखबरसँग भनिन् ।

यता, स्थानीय थामे खोला  (दूधकोशीको सहायक खोला)मा आएको बाढीले गाउँ डुबानमा परेको वडाध्यक्ष पासाङ ग्याल्जेन शेर्पाले जानकारी दिए । उनका अनुसार थामे गाउँमा ४५ घरधुरी छन् ।

थामे गाउँपुग्न सोलुखुम्बु सदरमुकामबाट ४ दिन लाग्ने शेर्पाले जानकारी दिए । ‘अहिलेसम्म मानवीय क्षतिबारे जानकारी आएको छैन, हामी बुझ्दैछौं’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?