+
+

‘भ्वाइस किड्स’ सिजन ३ को उपाधि अनुया तामाङलाई

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १ गते २३:१५

काठमाडौं । ‘भ्वाइस किड्स’ सिजन ३ को उपाधि अनुया तामाङले जितेकी छन् । शनिबार आयोजित ग्राण्ड फिनालेमा टीम प्रमोद खरेलकी प्रतिस्पर्धी तामाङले उपाधि जितिन् ।

विजेतालाई हिमालय टिभीका अध्यक्ष धर्मराज भुसाल, कार्यकारी निर्देशक श्याम कँडेल लगायतले पुरस्कार प्रदान गरे । जितसँगै अनुयाले १० लाख रुपैयाँ र प्रायोजकको तर्फबाट गिफ्ट ह्याम्पर प्राप्त गरेकी छन् । अन्य फाइनलिस्टलाई पनि गिफ्ट ह्याम्पर प्रदान गरिएको छ ।

कोच प्रमोद खरेलको टिमबाट अनुया र लाक्पा शेर्पा, कोच मिलन नेवारको टिमबाट समीक्षा धिताल र रिञ्जिन डोल्मा लामा फाइनलिस्ट थिए । कोच छेवाङ लामाको टिमबाट द्वितिका प्रधान र छेसाङ तामाङ, कोच मेलिना राईको टिमबाट सिमला धिताल र आयुष लामाले फिनालेमा प्रतिस्पर्धा गरे ।

तेस्रो सिजनको मुख्य प्रायोजकमा वात्साल्य न्याचुरल आइभीएफ थियो । फिनालेमा कोच र तिनका प्रतिस्पर्धीले सांगीतिक प्रस्तुति दिएका थिए । दर्शकले दिएको भोटको आधारमा बढी भोट प्राप्त गर्ने प्रतिस्पर्धीलाई विजेता चुनिएको हो ।

भोटिङ लाइन शनिबार बेलुका ७ बजेसम्म खुला थियो । फिनालेमा ‘भ्वाइस अफ नेपाल’को छैटौं सिजनको डिजिटल अडिसन बाँकी ७ दिन मात्र खुला रहने जानकारी दिइएको थियो । यो जानकारी दिन होस्ट सुशिल नेपाल आफै मंचमा उक्लिएका थिए ।

तस्वीरहरु : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?