+
+

ललितपुरको कुम्भेश्वरमा आगलागी

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ३ गते ९:०५

३ भदौ, काठमाडौं । ललितपुरको कुम्भेश्वरस्थित एक घरमा आज बिहान आगलागी भएको छ ।

बंगलामुखी मन्दिर नजिकैको घनाबस्तीमा भएको घरमा आज बिहान करिब नौ बजेतिर आगलागी सुरु भएको थियो ।

घरको सबैभन्दा माथिल्लो तलामा आगलागी भएको हो । ललितपुर महानगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । आगो निभाउन ललितपुर महानगरपालिकाका नगर प्रहरीसहितको टोली खटिएको थियो । काठमाडौं महानगरपालिकाको दमकल पनि झिकाइएको थियो ।

ललितपुरको महानगर प्रहरी प्रमुख सिताराम हाछेथुले २५ जना नगर प्रहरी, ३ वटा दमकल र एउटा पानी ट्यांकरको सहयोगमा आगो नियन्त्रणमा लिइएको बताए ।

उक्त घरको भुइँतलामा मेडिकल पसल र खाजा तथा मिठाइ पसलहरु छन् । आज जात्राको दिन परेकाले मिठाइहरु बनाउने काम जारी थियो । त्यहीबेला घरको दोस्रो तलामा आगो लागेको देखिएको थियो ।

त्यहाँ टिभी कोठा थियो । त्यही टिभी कोठाबाट आगो सल्किएको अनुमान छ ।

आगलागीबाट भएको क्षतिको विवरण खुलिसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?