+
+

पहिलो सन्तानको स्वागतमा ‘हैट’ दम्पती

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ४ गते १२:०१

काठमाडौं । ‘हैट’ थेगोका कारण चर्चित अभिनेता बुद्धि तामाङ पिता बन्दैछन् । उनकी पत्नी अनु थिङले असोजमा सन्तानलाई जन्म दिन लागेकी हुन् ।

मंगलबार सामाजिक सञ्जाल मार्फत तामाङ दम्पतीले ‘प्रेगनेन्सी’को घोषणा गरेका छन् । ‘लभ हार्ट इमोजी’ सहित बुद्धिले आफ्नो फेसबुक पेजमा पत्नी अनुसँगको रोमान्टिक तस्वीर सेयर गरेका छन् ।

फोटोमा उनीहरुले बच्चाको लुगा र प्यासिफायरको प्रतीकात्मक तस्वीर पनि देखाएका छन् । ‘बेबी प्लान’का लागि भनेरै अनु केही समयअघि अस्ट्रेलियाबाट नेपाल आएकी हुन् । उनी अस्ट्रेलियामा अध्ययन गर्दै आएकी थिइन् ।

बुद्धि र अनु २०७९ असोज ७ गते विवाह बन्धनमा बाँधिएका थिए । पत्नी गर्भवती भएपछि उनको हेरचाहका लागि बुद्धिले एक महिना फिल्मबाट विश्राम लिने भएका छन् । ‘काठमाडौंमा सुटिङ हुन्छ भने भ्याउँछु होला अन्तको सक्दिनँ । केही समय फिल्म खेल्दिनँ,’ उनले भने ।

अभिनेता तामाङ कबड्डी, छक्कापञ्जा जस्ता फिल्मबाट एकाएक चर्चामा आए । उनी अहिले दुःखी आत्मा, झड्केलो, मायाका रंगहरु र गाउँ रमाइलो फिल्मको तयारीमा छन् । उनी निर्देशित नाटक ‘मासिन्या’ हालै मण्डला नाटक घरमा मञ्चन भएको थियो । बुद्धि मण्डलाका कार्यवाहक अध्यक्ष पनि हुन् ।

विपिन कार्की दोस्रो सन्तानको पिता बन्दै

अभिनेता विपिन कार्की पनि दोस्रो सन्तानको पिता बन्दैछन् । अनलाइनखबरसँग कुरा गर्दै उनले आफूहरु दोस्रो सन्तानको प्रतीक्षामा रहेको बताए । अहिले ‘ऊनको स्वीटर’मा व्यस्त विपिनले केही समय पत्नीलाई समय दिंदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?