+
+

हुम्ला जिप दुर्घटनाका घाइतेलाई हेलिकप्टरबाट सुर्खेत ल्याइयो

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ५ गते २१:०७

५ भदौ, सुर्खेत । हुम्ला जिप दुर्घटनाका घाइतेहरूलाई थप उपचारका लागि हेलिकप्टर मार्फत सुर्खेत ल्याइएको छ ।

बुधबार बिहान चंखेली गाउँपालिकाको सल्ला मोडमा भएको जिप दुर्घटना परी गम्भीर घाइते भएका चार जनालाई थप उपचारका हेलिकप्टरमार्फत सुर्खेत ल्याइएको हो ।

दुर्घटनामा सामान्य घाइते भएका चालकसहित तीन जनाको दार्मा स्वास्थ्य चौकीमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका चंखेली–२ का सुरेन्द्रबहादुर शाही, तिलबहादुर शाही, रारा छायानाथ नगरपालिका–१३ का रमेश मल्ल र रारा छायानाथ–१ का पृथ्वी राउतलाई सुर्खेत ल्याइएको छ ।

बिहान ८ बजे जिप दुर्घटना भए पनि मौसम खराबीका कारण हेलिकप्टर जान नसकेपछि उनीहरूलाई जिल्ला अस्पताल मुगु पुर्‍याइएको थियो । घटना स्थलबाट गाडीमा ५ घण्टा पछि जिल्ला अस्पताल पुर्‍याइएको प्रहरीले जनाएको छ ।

जिल्लामा पनि उपचार हुन नसकेपछि बुधवार बेलुका सिम्रिक एयरको हेलिकप्टरबाट उद्धार गरी प्रादेशिक अस्पताल सुर्खेतमा उपचार थालिएको छ । दुर्घटनाका घाइतेहरूलाई कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अस्पताल पुगेर भेटेका छन् ।

मुख्यमन्त्री कँडेलले घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै उपचारमा कुनै कमी हुन नदिन निर्देशन समेत दिएका छन् ।

कर्णाली प्रदेश ०२–००१ च ०९२२ बोलेरो जिप बुधबार बिहान ८ बजेतिर दुर्घटना भएको थियो । सडकबाट १५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?