+
+

कैलालीमा १५ सय घर डुवानमा, ४५ सय मानिस प्रभावित

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ६ गते १८:२१

६ भदौ, धनगढी । मंगलबार रातिदेखि अविरल वर्षाका कारण कैलालीमा १५ सय भन्दा बढी घर डुवानमा परेका छन् ।

कान्द्रा र मोहना नदीमा पानीको बहाव उच्च भएर बस्तीमा पस्दा नदी किनारका धेरै घरहरु डुबानमा परेका छन् । साना खोलाहरुमा पनि बाढी आउँदा वरपरका घरहरु डुवानमा परेका छन् ।

जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशीले जिल्लाका विभिन्न स्थानीय तहमा १५ सय भन्दा बढी घर डुबानमा परेको जानकारी दिए । घर डुबानमा परेपछि त्यहाँ बसोबास गर्दै आएका साढे चार हजार मानिस प्रभावित भएका छन् ।

उनका अनुसार सबैभन्दा धेरै भजनी नगरपालिकामा साढे ९ सय घर प्रभावित भएका छन् । भजनीको ३,४,५,७,८,९ नम्बर वडाका बस्तीहरु डुबानमा परेको जोशीले बताए । भजनीपछि कैलाली गाउँपालिका, घोडाघोडी नगरपालिकासहितका सबैजसो स्थानीय तह प्रभावित भएको उनको भनाइ रहेको छ ।

प्रभावितहरुलाई अहिले स्थानीय स्तरमा रहेका सामुदायिक विद्यालयमा व्यवस्थापन गरी राखिएको छ भने घरमा पसेको पानी सुक्न थालेपछि धेरैजसो मानिस घर फर्किन थालेको पनि प्रशासनले जनाएको छ ।

प्रभावितहरुलाई स्थानीय तहमार्फत आवश्यक पर्ने राहत वितरणको काम पनि भइरहेको छ ।

कैलारी गाउँपालिका–३ र ५ मा भएको डुवानका तस्वीरहरु हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?