+
+

‘वर एण्ड वधु’को गीत ‘सिरी सिरी हावा’मा रोमान्टिक आँचल र विवेक

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ६ गते २०:३१

काठमाडौं । भदौ १४ गते शुक्रवारदेखि प्रदर्शनमा आउने फिल्म ‘वर एण्ड वधु’ को नयाँ गीत ‘सिरी सिरी हावा’ सार्वजनिक भएको छ । मिलन चाम्सको निर्देशनमा तयार भएको यो फिल्मको यो नयाँ गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

सुगम पोख्रेल र नेहा करोदेको स्वरमा तयार भएको यो गीतका शब्द सञ्चारकर्मी नरेश भट्टराईले रचना गरेका हुन् । गीतको कम्पोज युग भुसालले गरेका छन् । भिडियोमा मुख्य कलाकार अभिनेत्री आँचल शर्मा र नयाँ अभिनेता विवेक कर्माचार्यलाई प्रस्तुत गरिएको छ ।

नेपाल र रोमानियाका सुन्दर लोकेसनमा छायांकन गरिएको यो फिल्मको गीतलाई भव्य क्यानभासमा प्रस्तुत गरिएको छ । जानुका थापाको लगानी रहेको यो फिल्ममा अमित रिजाल कार्यकारी निर्माता छन् ।

सुदिप बरालद्वारा छायांकन गरिएको यो फिल्ममा मिलन श्रेष्ठको सम्पादन, साहिल खानको ट्रेलर, हिमाल केसीको एक्सन, प्रदीप भारद्वाजको लेखन, रविन्द्र न्यौपाने र अनिस स्याङ्देनको कोरियोग्राफी, सन्तोष लामाको कला निर्देशन, अर्जुन पोखरेलको संगीत छ ।

यो फिल्ममा आँचल शर्मा, विवेक कर्माचार्य, गरिमा शर्मा, विजु पार्की, किरण केसी, सरिता लामिछाने, कुसुम शर्मा, सृष्टी खड्का, हिमेश पन्त, दिनेश काफ्ले, यमन श्रेष्ठ, रविन्द्र खड्का, अंशु महर्जन र सीता न्यौपानेको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?