+
+

राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाने प्रधानमन्त्रीको तयारी

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ६ गते २०:५५

६ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघीय महासभाका लागि अमेरिकाको न्यूयोर्क जाने तयारी भएको छ ।

राष्ट्रसंघको महासभा सेप्टेम्बर १० देखि २८ (२५ भदौदेखि १२ असोज) सम्म न्यूयोर्कमा हुनेछ । त्यस अन्तर्गत समिट अफ द फ्युचर २२–२३ सेप्टेम्बर (६–७ असोज) मा हुने तय भएको छ ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार समिट अफ द फ्युचरमा सम्बोधन गर्ने गरी प्रधानमन्त्रीको ओलीको न्यूयोर्क भ्रमणको तयारी चलिरहेको छ । ‘कहिले जाने ? कोको जाने भन्ने गृहकार्य परराष्ट्र मन्त्रालयले गरिरहेको छ’, स्रोतले भन्यो, तर महासभामा भाग लिन प्रधानमन्त्री जाने चाहिँ पक्का भएको छ ।’

ओलीले प्रधानमन्त्रीका रुपमा २०७५ असोजमा पनि राष्ट्रसंघ महासभालाई सम्बोधन गरेका थिए । पछिल्लो पटक ३० असारमा प्रधानमन्त्री भएका ओली विदेश भ्रमणमा गएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?