+
+

५ सय घट्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ७ गते ११:१६

७ भदौ, काठमाडौं । सुनको भाउ तोलामा ५ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनको भाउ प्रतितोला १ लाख ५१ हजार ४ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन १ लाख ५१ हजार ९ सयमा कारोबार भएको थियो । बुधबार भने सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ५३ हजार रुपैयाँ पुगेको थियो । त्यसयता भाउ केही घटेको हो ।

चाँदीको मूल्य तोलामा १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८३० मा कारोबार भएको चाँदी यस दिन १८१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?