+
+

मर्स्याङ्दीमा भारतीय बस खस्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ७ गते १२:०१

७ भदौ, पोखरा । तनहुँको आँबुखैरेनीस्थित ऐना पहारामा भारतीय बस मर्स्याङ्दी नदीमा खसेको छ ।

आज बिहान पोखराबाट काठमाडौंका लागि छुटेको यूपी एफटी ७६२३ नम्बरको बस तनहुँको ऐनापहरा भन्ने स्थानबाट मर्स्याङ्दी नदीमा खसेको छ । बस नदी किनारमा कच्याककुचुक भएको देखिन्छ ।
घटनास्थलमा सशस्त्र र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका छन् ।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयबाट एसएसपी माधव पौडेलको कमान्डमा १० जना गोताखोरसहित ४५ जना र २३ नम्बर मनकामना गण भानु तनहुँबाट ३५ जनाको टोली उद्धारमा परिचालन गरिएको छ । घटनास्थल भिरालो र अप्ठ्यारो भएकाले उद्धारकर्ता डोरीको सहायताले बस भएको स्थानसम्म पुगेर उद्धारमा सक्रिय छन् ।

सो बसमा करिब ४० जना यात्रु थिए । दुर्घटनाको कारण खुलेको छैन ।

हाल पोखरा–काठमाडौं सडकमा विस्तारको काम भइरहेको छ । त्यसैले यात्रा कष्टकर छ ।

(मर्स्याङ्दी नदी हुनुपर्नेमा त्रिशूली भएकाले सच्याइएको छ ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?