+
+

सिन्धुलीको कुँडुलेबाट सुनकोशीमा खस्यो जिप

३ जना बेपत्ता भएको आशंका

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ८ गते १९:५२
जिप खोज्दै सशस्त्र प्रहरी बलको गोताखोर ।

८ भदौ, काठमाडौं । सिन्धुलीको गोलञ्जोर गाउँपालिका-१ मा एउटा जिप सुनकोशी नदीमा खसेको छ ।

काठमाडौंतर्फ आउँदै गरेको जिप मध्यपहाडी लोकमार्गको कुँडुले भन्ने ठाउँबाट सुनकोशी नदीमा खसेको थाहा पाएपछि प्रहरी घटनास्थलमा पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी अनिलकुमार खड्काका अनुसार उक्त जिपमा ४ जना सवार रहेको र एक जना हामफालेर बाहिर निस्केको जानकारी प्रहरीले पाएको छ ।

हामफालेर बाहिर निस्केका व्यक्तिको खुर्कोट सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरी चौकी ग्वालटारका हबल्दार सुशिल रानामगरका अनुसार इसुजु हाइलक्स गाडी सुनकोशी नदीमा डुब्दा भक्तपुर सूर्यविनायक नगरपालिका जगाती बस्ने ३२ वर्षीय अबिन बाके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा बेपत्ता छन् । गाडिबाट हामफालेका सुशान्त कक्षपतिलाई उपचारका लागि खुर्कोट पठाइएको छ ।

दुर्घटनाको खबर पाएपछि सशस्त्र प्रहरी बलको विपद व्यवस्थापन बेस खुर्कोटबाट १० जनाको टोली खोजीमा खटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?