+

हालान्डको ह्याट्रिकमा म्यानचेष्टर सिटीको सानदार जित

२०८१ भदौ  ८ गते २१:५४ २०८१ भदौ ८ गते २१:५४
हालान्डको ह्याट्रिकमा म्यानचेष्टर सिटीको सानदार जित

८ भदौ, काठमाडौं । एर्लिङ हालान्डले ह्याट्रिक गरेपछि साविक विजेता म्यानचेष्टर सिटीले प्रिमियर लिगमा शनिवार इप्सविच टाउनलाई ४-१ ले पराजित गरेको छ । एक गोलले पछि परेको अवस्थामा हालान्ड चम्किएपछि सिटीले पुनरागमन गर्दै सानदार जित निकालेको हो ।

सिटीको घरेलु मैदान एतिहाड स्टेडियममा सामी स्मोडिक्सले खेलको सातौं मिनेटमै गोल गर्दै पाहुना टोली इप्सविच टाउनलाई अग्रता दिलाएका थिए । तर त्यो अग्रता लामो समय टिकेन । सिटीका हालान्डले १२औं मिनेटमा पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए ।  त्यसको दुई मिनेटपछि नै केभिन डे ब्रुएनाले साभिन्होको पासमा गोल गर्दै सिटीलाई २-१ को अग्रता दिलाए ।

१६औं मिनेटमा डे ब्रुएनाकै पासमा हालान्डले व्यक्तिगत दोस्रो गोल गर्दा सिटीले अग्रता ३-१ पुर्‍यायो । दोस्रो हाफमा सिटीले एक गोल थप्यो । ८८औं मिनेटमा हालान्डले व्यक्तिगत तेस्रो गोल गर्दै नयाँ सिजनको पहिलो ह्याट्रिक पूरा गरे भने सिटीलाई ४-१ को जित दिलाए । लगातार दोस्रो जितपछि सिटी ६ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ । शनिवारै भएको खेलमा म्यानचे्षटर युनाइटेडलाई २-१ ले पराजित गरेको ब्राइटनको पनि समान ६ अंक छ । तर गोलअन्तरमा सिटी अघि छ ।

शनिवारै भएको अन्य खेलमा टोटनहमले एभरटनलाई ४-० ले, वेष्टहम युनाइटेडले क्रिस्टल प्यालेसलाई २-० ले, फुलहमले लेस्टर सिटीलाई २-१ ले तथा नटिङहम फरेस्टले साउथह्याम्पटनलाई १-० ले पराजित गरेको छ ।

प्रिमियर लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय