+
+

देउवा निवास अगाडिको शंकास्पद झोलाभित्र माटो भेटियो

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ९ गते ८:१२
कांग्रेस सभापति शेरबहादुर देउवाको धनगढीस्थित निवास अगाडि भेटिएको शंकास्पद वस्तु

९ भदौ, कैलाली । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धनगढीस्थित निवास अगाडि राखिएको शंकास्पद वस्तुभित्र माटो भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कविन्द्र बोहराले शंकास्पद झोलाभित्र माटो र माटो मुनि एउटा भाँडो भेटिएको जानकारी दिए ।

आज बिहान देउवा निवास अगाडि कालो रंगको पुरानो झोला फेला परेको थियो । त्यो झोला भित्रबाट तार बाहिर निस्किएको देखिएको थियो ।

स्थानीयले त्यो विष्फोटक पदार्थ पनि हुन सक्ने आशंकाले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले नेपाली सेनाको टोलीलाई बोलाएको थियो । ‘सेनाको टोलीले शंकास्पद झोला खोतल्दा माटोभित्र भाँडो पाइयो,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता बोहराले  भने । टिफिन बक्स जस्तो देखिने त्यस भाँडोबारे थप अनुसन्धान भइरहेको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?