+
+

तीन महिनामा सेयर मूल्य धेरै बढेका यी १० वाणिज्य बैंक

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ९ गते १०:१४

९ भदौ, काठमाडौं । विगत तीन महिनामा समग्र सेयर बजारभन्दा बैंकिङ समूहको प्रदर्शन राम्रो रह्यो । तीन महिनाको अवधिमा समग्र बजारको परिसूचक नेप्से ४७.३ प्रतिशत मात्रै बढ्यो । तर यहीं अवधिमा बैंकिङ समूहको सूचक भने ६२.८ प्रतिशत बढ्यो ।

जेठ ३ गते २०१८ मा रहेको नेप्से परिसूचक गत बिहीबार बजार बन्द हुँदा १९७४ अंकमा छ । बैंकिङ समूह सूचक जेठ ३ गते १०५१ अंकमा रहेकोमा हाल १७१२ अंकमा छ ।

बजारमा यो समूहमा तुलनात्मक रुपमा महँगाभन्दा सस्ता बैंकको मूल्य वृद्धिदर उच्च देखिन्छ । हाल बैंकिङ समूहमा सबैभन्दा महँगो बैंक एभरेस्ट बैंक हो । जसको मूल्य बिहीबार बजार बन्द हुँदा ७६६ रुपैयाँ छ भने एभरेस्टलाई स्टान्डर्ड चार्टर्डले न्यून मूल्यान्तरले पछ्याइरहेको छ ।

स्टान्डर्डको मूल्य ७६४ रुपैयाँ छ । कहिले एभरेस्ट त कहिले स्टान्डर्ड चार्टर्ड बैंक बजारमा यो समूहका मूल्यवान कम्पनी बन्दै आएका छन् । महँगा यीभन्दा बजारमा सस्ता बैंकको मूल्यवृद्धिदर उच्च देखिएको छ।

विगत ३ महिनामा प्रभु बैंकको मूल्य सबैभन्दा धेरै बढेको छ । यो बैंककाे मूल्य तीन महिनामै दोब्बर भएको छ । जेठ ३ गते यस बैंकको मूल्य प्रतिकित्ता १३९ रुपैयाँ रहेकोमा हाल २७९ रुपैयाँ पुगेको छ । यसको अर्थ तीन महिनाअघि प्रभु बैंकमा लगानी गर्नेको सेयर मूल्य अहिले १०० प्रतिशत बढेको छ ।

प्रभुपछि कुमारी, लक्ष्मी सनराइज, नेपाल इन्भेस्टमेन्ट मेगा, माछापुच्छ्रे, नेपाल एसबीआई, सिटिजन्स, हिमालयन, कृषि विकास र सिद्धार्थ बैंक मूल्य धेरै बढ्नेमा टप १० भित्र पर्छन् । यी सबैको मूल्य तीन महिनामा समूहको औसत वृद्धि (६२.८ प्रतिशत) भन्दा धेरै बढेको छ ।

तीन महिनामा सबैभन्दा धेरै मूल्य बढेका १० वाणिज्य बैंक

बैंक जेठ ३ को मूल्य भदौ ६ को मूल्य वृद्धिदर
प्रभु बैंक १३९ २७९ १००.७
कुमारी बैंक १३७ २५६.९ ८७.५
लक्ष्मी सनराइज १५७ २८३.५ ८०.५
नेपाल इन्भेस्टमेन्ट मेगा १५७ २७८ ७७.०
माछापुच्छ्रे १६२ २८६.२ ७६.६
एसबीआई २७९ ४८७ ७४.५
सिटिजन्स १५८ २७५ ७४.०
हिमालयन १७५ ३०० ७१.४
कृषि विकास २४१ ४११ ७०.५
सिद्धार्थ २२७.५ ३७४ ६४.३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?