+
+

ग्लोबल आईएमई बैंकका ग्राहकलाई ‘के ल्याब’ मा २५ प्रतिशत छुट

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ९ गते १८:२७

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडका ग्राहकलाई क्राउन ल्याबोरेटोरी एन्ड रिफर्रल सेन्टर (के ल्याब) ले उपलब्ध गर्ने सेवामा २५ प्रतिशत छुट पाउने भएका छन् । बैंक र के ल्याबबीच छुट प्रदान गर्ने विषयमा समझदारी भएको छ ।

समझदारीपत्रमा ग्लोबल आईएमई बैंकका बागमती प्रदेश प्रमुख रुपेन्द्र वाग्ले र ‘के ल्याब’ का प्रशासनिक निर्देशक कान्ती थापाले हस्ताक्षर गरे ।

सम्झौता अनुसार डेबिट तथा क्रेडिट कार्ड बाहक र मोबाइल बैंकिङ प्रयोगकर्तालाई ‘के ल्याब’ ले उपलब्ध गराउने सेवामा २५ प्रतिशत छुट पाउने छन् ।

समझदारी अनुसार बैंकको ग्राहकले नक्सालमा रहेको ‘के ल्याब’ र बौद्धमा रहेको ल्याबसम्बन्धी सेवामा सो छुट पाउने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?