+

एएफसी महिला च्याम्पियन्स लिग : नेपालको एपीएफ उज्वेकिस्तानको नासाफसँग पराजित

२०८१ भदौ  ९ गते १९:५३ २०८१ भदौ ९ गते १९:५३
एएफसी महिला च्याम्पियन्स लिग : नेपालको एपीएफ उज्वेकिस्तानको नासाफसँग पराजित

९ भदौ, काठमाडौं । एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणमा नेपालको एपीएफ क्लब डेब्यु खेलमा पराजित भएको छ ।

प्रारम्भिक चरणको समूह सी मा रहेको एपीएफ पहिलो खेलमा उज्वेकिस्तानको नासाफसँग १-० ले पराजित भएको हो ।

नेपालको प्रतिनिधित्व गर्दै एसिया महादेशको क्लब स्तरको प्रतियोगिता खेल्दै इतिहास बनाएको एपीएफका लागि पहिलो खेल सोचे जस्तो भने भएन । सके ३ अंक नभए १ अंक जोड्ने नेपाली क्लबको योजना सफल हुन सकेन ।

मलेसियाको कोता किनाबालुस्थित लिकास स्टेडियममा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफको सुरुमै उज्वेकिस्तानको क्लबले गोल गर्‍यो । नासाफका लागि ४८औं मिनेटमा लिलि लिबेर लरेन्सले गोल गर्दै अग्रता दिलाएकी थिइन् । त्यही गोल नै नासाफको जितमा निर्णायक बन्यो ।

अब एपीएफले समूह सी को दोस्रो खेलमा मलेसियन क्लब सबाहसँग आउने बुधबार प्रतिस्पर्धा गर्नेछ । यस समूहको विजेता टोली एएफसी महिला च्याम्पियन्स लिगको अन्तिम चरणमा प्रवेश गर्नेछ ।

च्याम्पियन्स लिगको प्रारम्भिक चरणमा १३ टोलीलाई चार समूहमा विभाजन गरिएको छ । एपीएफ रहेको समूहमा तीन टोली मात्र छ । हरेक समूहको शीर्ष स्थानमा रहने टोली मात्र अन्तिम चरणमा छनोट हुनेछन् ।

एएफसी महिला च्याम्पियन्स लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय