+
+

अन्तर्राष्ट्रिय बजारमा फेरि महँगियो कच्चा तेल

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १० गते ९:३४

१० भदौ, काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेको छ । अमेरिकासहित विश्वव्यापी मौज्दात केही घटेसँगै मूल्यमा चाप परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम आयलप्राइसले जनाएको छ ।

अमेरिकी ऊर्जा सूचना प्रशासनका अनुसार अगस्ट १६ सम्म आउँदा त्यहाँको मौज्दात ८ सातामै ३ करोड ४६ लाख ब्यारेल घटेको छ । तेल उत्पादनभन्दा पनि मौज्दात घटाउनतिर विभिन्न मुलुक सक्रिय रहँदा मूल्यमा चाप परेको छ । पछिल्लो पाँच दिनमै कच्चा तेलको भाउ औसत साढे ४ प्रतिशतले बढेको छ ।

गत बुधबार प्रतिब्यारेल ७१. ९ अमेरिकी डलर हाराहारीमा कारोबार भएको डब्लूटीआई तेलको भाउ हाल ७५.३ पुगेको छ । त्यस्तै ब्रेन्ट कच्चा तेलको भाउ यो अवधिमा ७५.५ डलरबाट बढेर ७९.५ पुगेको छ । मुर्बान तेल प्रतिब्यारेल ७५.२ डलरबाट बढेर ७८.८ पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढ्दा नेपालमा आयात हुने डिजेल, पेट्रोलको भाउ पनि बढ्दछ । सोअनुसार नेपाल आयल निगमले अंग्रेजी महिनाको १ र १५ तारिखमा इन्धनको मूल्य समायोजन गर्दै आएको छ । तेलको मूल्यवृद्धिले ढुवानी खर्च महँगिदा समग्र मूल्यवृद्धि जोखिम बढ्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?