+
+

‘सतीदेवी’ हेरेपछि महिला दर्शक : यस्ता फिल्म समाजमा अझै बन्नुपर्छ

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १० गते २१:०२

काठमाडौं । व्यवसायलाई एकातिर पन्छाउने हो भने फिल्म ‘सतीदेवी’ले यतिबेला दर्शकबाट सुखद प्रतिक्रिया बटुलिरहेको छ । यो फिल्मलाई जतिले हेरेका छन्, उत्साहजनक प्रतिक्रिया दिइरहेका छन् ।

शुक्रबारदेखि प्रदर्शनमा आएको लक्ष्मण सुवेदी निर्देशित सोसल ड्रामा यतिबेला देशभर प्रदर्शन भैरहेको छ । काठमाडौं होस् या मोफसल, दुबै टेरिटोरीका दर्शकले यसलाई आफ्नो जीवनसँग निकट रहेको प्रतिक्रिया दिएका छन् ।

विशेषगरि, महिला दर्शक यो फिल्म हेरेपछि भावनात्मकरुपमा उद्देलित बनेको निर्देशक सुवेदी बताउँछन् । यो फिल्म हेरेकी सुजा जोङबाङ लिम्बु नाम गरेकी एक दर्शकले सामाजिक संजालबाट यो फिल्मबारे मर्मस्पर्शी प्रतिक्रिया दिएकी छन् ।

फिल्म हेरेको दुईतीन बितिसक्दा पनि आफूलाई फिल्मका दृश्यले छोएको उनको भनाई छ । उनी भन्छिन्- तीन दिन भइसक्यो मैले मूभी हेरेर आएको । आजसम्म पनि मलाई त्यो मुभीको दृश्यले एकदम छोइरहेको छ । एकदम भावुक भइरहेको छु । खासगरी सतीदेवीको अभिनय, नानीहरुको अभिनयले भावुक बनायो ।’

यस्तो फिल्म नेपाली समाजमा अझ बन्नुपर्ने बताउँदै यस्ता फिल्मलाई साथ दिनुपर्ने उनको धारणा छ । यस्ता वास्तविक कथाका फिल्म हेर्न उनको सुझाव छ । ‘यस्ता फिल्म धेरै बन्नुपर्छ’ उनको धारणा छ ।

फिल्म हेरेपछि सामाजिक संजालबाट भावुक प्रतिक्रिया दिँदै एक दर्शक सुजा जोङबाङ लिम्बु ।

सोमबार बेलुका यो फिल्मलाई अभिनेता भुवन केसीसहित केही सेलेव्रिटीले क्यूएफएक्सको सिभिल हलमा हेरेका छन् । सामाजिक संजालमा फिल्मलाई लिएर सकारात्मक ‘वर्ड अफ माउथ’ प्राप्त भएको निर्देशक सुवेदी बताउँछन् ।

फिल्मको शीर्ष भूमिकामा मलिका महतले अभिनय गरेकी छन् । रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी सृजना अधिकारी, मनीषा सापकोटा, सुजिता शिवाकोटी, तुलसी श्रेष्ठ, इश्वरी सिंह, सन्देश लिम्बु, पवन केसी, जगदीश अधिकारीको पनि अभिनय छ ।

दिलाशा क्रियसन र गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्निया अमेरिकाको सहकार्यमा निर्माण भएको फिल्ममा सुवेदीकै पटकथा र संवाद छ । दिलासा र साराको प्रस्तुती रहेको फिल्मको निर्माता श्रीदेवी, दिलासा र सारा सुवेदी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?