+
+

श्वेताको ‘राधा’ लुक्स !

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १० गते २१:२६

काठमाडौं । सोमबार सेलेव्रिटीले पनि श्रीकृष्ण जन्माष्टमी मनाए । कतिपय त राधा र कृष्णको अवतारमा आफूलाई सजाएर प्रस्तुत भए ।

यीमध्ये एक थिइन् अभिनेत्री श्वेता खड्का । हालैमात्र छोरी ब्रायनालाई जन्म दिएर स्याहारमा ब्यस्त उनले यो छेकोमा आफूलाई राधाको सौन्दर्यमा ढालिन् । इन्स्टाग्राममा सार्वजनिक भिडियो र फोटोमा श्वेता ‘राधा’ लुक्समा देखिएकी छन् ।

राधाको रुपमा उनको यो श्रीकृष्ण जन्माष्टमी विशेष फोटोसुट थियो । जन्माष्टमी भाइब्स दिने ज्वेलरी, आउटफिट, हेयर स्टाइल, मेकअप र मयुरको प्वाँखमा श्वेता आकर्षक देखिएकी छिन् ।

यी फोटो तथा भिडियो सेयर गर्दै श्वेता फ्यानलाई जन्माष्टमीको शुभकामना समेत दिएकी छन् । फ्यानले उनका यी भिडियो र फोटोमा प्रशंसाका शब्द वर्षाएका छन् ।

कामको कुरा गर्दा, श्वेता चाँडै फिल्म निर्माणमा फर्किने तयारीमा छिन् । केही समयमै फिल्मको घोषणा गर्ने उनको तयारी छ । यसबाहेक उनी केही व्यवसायमा पनि संलग्न छिन् ।

 

View this post on Instagram

 

A post shared by dream day wedding (@dream_day_nepal)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?