+
+

प्रचण्डजी ६ महिनाभित्र सत्तामा फर्कन सकिन्छ भन्नेमा हुनुहुन्छ : शंकर पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १० गते २१:२७

१० भदौ, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुख्य दलहरुबीच सहमति नजुटाई संविधान संशोधन नहुने बताएका छन् ।

सोमबार राजधानीमा नीति फाउण्डेसनले गरेको एक कार्यक्रममा महासचिव पोखरेलले दलहरुबीचको सहमतिबाटै संविधान संशोधन हुने बताए । ‘मूल कुरा राजनीतिक दलहरुबीचको सहमति हो । दलहरुबीच यस विषयमा छलफल आवश्यक होला भन्ने लाग्छ’, पोखरेलले भने ।

तर सत्ताबाट हट्नु परेकाले माओवादी केन्द्र तत्काल संविधान संशोधनको एजेण्डामा सहमत नहुने महासचिव पोखरेलले अनुमान गरे ।

‘सत्ताबाट बाहिरिनुपरेकाले प्रचण्डजी तुरुन्तै यो विषयमा छलफल गर्न तयार हुनुहुन्छ जस्तो लाग्दैन’, महासचिव पोखरेलले भने, ‘त्यही भएर मैले उहाँलाई तयार गर्नका लागि एक डेढ वर्ष त लाग्ला भन्ने गरेको छु ।’

प्रचण्डमा ६ महिनाभित्रै सरकारमा आउन सकिन्छ भन्ने बुझाइ भएकाले पनि तत्काल संविधान संशोधनको एजेण्डामा सहमत गराउन नसकिने पनि पोखरेलले बताए ।

‘अहिले पनि ६ महिनाभित्र आउन सकिन्छ भनेर उहाँले अपेक्षा राख्नुभएको छ । त्यो पनि सम्भव छैन भन्ने भएपछि उहाँ बल्ल नेचुरल कोर्समा जानुहोला भन्ने मलाई लाग्छ’, पोखरेलले भने, ‘सत्ता परिवर्तनको आकांक्षा राख्नुञ्जेलसम्म नेताहरु राष्ट्रिय समस्यामा बहस गर्दैनन्, यो हाम्रो मनोविज्ञानका कुरा हो ।’

सत्ताको आकांक्षाकै कारणले राजनीतिक स्थायित्वको एजेण्डामा छलफल गर्न प्रचण्ड तयार नहुने पनि उनको अनुमान छ । ‘…त्यसैले तुरन्तै राजनीतिक सहमति हुन्छ भन्ने ठानेको छैन, मैले’, महासचिव पोखरेलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?