+
+

पीयू र सीएनआईबीच ज्ञान र सीप आदान–प्रदान सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १२ गते १४:४०

१२ भदौ, काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालय र नेपाल उद्योग परिसंघ (सीएनआई)बीच सिप, शिक्षा र क्षमता अभिवृद्धि आदानप्रदान गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

बजारको हालको माग र भविष्यको आवश्यकता अनुसार जनशक्ति उत्पादन गर्ने, नयाँ–नयाँ प्रविधिको अध्ययन अनुसन्धान गर्ने, ज्ञान हस्तान्तरण गर्ने तथा तालिममा सहकार्य गर्ने उद्देश्यले समझदारी पत्रमा बुधबार हस्ताक्षर भएको हो ।

समझदारी पत्रमा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. बिजुकुमार थपलिया र नेपाल उद्योग परिसंघका उपाध्यक्ष विरेन्द्र पाण्डेले हस्ताक्षर गरे ।

समझदारीअनुसार परिसंघले पूर्वाञ्चल विश्वविद्यालयका विद्यार्थीहरुलाई इन्टर्नसिप तथा तालिमको व्यवस्थापन गरिदिने छ । यसैगरी परिसंघका उपाध्यक्ष पाण्डेले यो सम्झौताले पूर्वाञ्चल विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई सहज हुने बताए ।

यो सम्झौता कार्यान्वयनले हालको बजारको माग र भविष्यका लागि चाहिने जनशक्ति विश्वविद्यालयबाट उत्पादन हुने विश्वास सरोकारवालाको छ ।

यो सम्झौता तत्कालै कार्यान्वयन हुने जानकारी दिँदै उपकुलपति थपलियाले भने, ‘सैद्धान्तिक ज्ञान हुने, प्रयोगशालामा अभ्यास पनि हुने, तर एउटा कुशल म्यानेजर बन्नका लागि फिल्डमै गएर काम गर्नुपर्ने भएकाले पाठ्यक्रममा रहेको इन्टर्नसिपको व्यवस्था कार्यान्वयनका लागि हामीले सम्झौता गरेका हौं ।’

सीएनआईका उपाध्यक्ष पाण्डेले दक्ष प्राविधिक जनशक्ति अभावमा करोडौं रुपियाँ विदेश पठाउनु परिरहेको सन्दर्भमा पूर्वाञ्चल विश्वविद्यालयसँग भएको सम्झौता दक्ष प्राविधिक जनशक्तिको अभाव पूर्तिका लागि कोसेढुंगा साबित हुने विश्वास व्यक्त गरे । उनले यो सम्झौता तत्काल कार्यान्वयनमा जाने र इण्टर्नसिप गर्दागर्दै कतिपय विद्यार्थीलाई जागिर पनि मिल्ने बताए ।

सम्झौता पत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका रजिष्ट्रार नीलमणि पोख्रेल, अनुगमन विभाग प्रमुख प्रा. उत्तम रेग्मी, पियु क्यानका अध्यक्ष सुधिर गुरागाईं, महासचिव सुरेश के. सी. हिलसाइड कलेज अफ इन्जिनियरिङका प्रबन्ध सञ्चालक गोपीकृष्ण न्यौपाने लगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?