+
+

प्रचण्डलाई योगेशको जवाफ : ओलीलाई होइन, तपाईँलाई संसदले स्पष्टीकरण सोध्छ

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १२ गते १५:००

१२ भदौ, काठमाडौं । नेकपा एमालेका सचिव योेगेश भट्टराईले प्रधानमन्त्री होइन, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई स्पष्टीकरण सोध्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा विशेष समय लिएर बोलेका भट्टराईले डेडिकेटेड र ट्रङ्क लाइनको विवादमा एक रुपैयाँ पनि छुट दिन हुन्न भन्नेमा आफूहरु प्रष्ट रहेको बताए ।

बरु माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले १६ अर्ब मिनाह गर्ने आशयले निर्णय गरेको भन्दै उनले भने, ‘हिजो विपक्षी दलको नेताले प्रधानमन्त्री केपी ओलीजीलाई स्पष्टीकरण सोध्छु भन्नुभयो । म तत्कालीन प्रधानमन्त्रीलाई भन्न चाहन्छु, तपाईं कुन कानुनका आधारमा कुन अधिकार प्रयोग गरेर नेपाल विद्युत प्राधिकरणको विद्युत बक्यौता छुट दिने निर्णय गर्नुभयो ? यो प्रतिनिधिसभाले तपाईंलाई स्पष्टीकरण सोध्छ ?’

महालेखा परीक्षकले गरेको निष्कर्षमा कुनै टिप्पणी गर्नुपरे लेखा समितिले मात्र गर्ने उनले बताए । तर प्रचण्डले नभएको अधिकार प्रयोग गरेको भन्दै उनले भने, ‘उहाँले अख्तियारको दुरुपयोग गर्नुभयो । यो देशमा अख्तियार छ भने पुष्पकमल दाहालजीलाई सोध्नुपर्छ कि तपाईँले यो अख्तियारको दुरुपयोग किन गर्नुभयो ?’

भट्टराईले बोल्ने क्रममा नेकपा एमाले र माओवादी केन्द्रका सांसदबीच नोकझोक भएको थियो ।

यो पनि पढ्नुहोस् – संसदबाट प्रचण्डले प्रधानमन्त्रीलाई के गरे खबरदारी ? (पूर्णपाठसहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?