+
+

नेपाली बाटोमा ‘कन्फिडेन्स’ दिने ‘जेइकु जे–६’

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १३ गते १२:४२

१३ भदौ, काठमाडौं । नेपाली उपभोक्तालाई गाडी किन्ने भन्ने बित्तिकै दुई–तीन कुराले ध्यान तान्ने गर्छ ।

नेपालको सडक अनुसार हाँक्न उपयुक्त गाडी छ किन छैन, उकालो–ओरालोमा गुडाउन सहज छ कि छैन र गाडीमा ‘सेफ्टी फिचर’ के–के छन् भन्ने महत्त्वपूर्ण हुन्छ ।

पछिल्लो केही वर्षदेखि नेपाली उपभोक्ताका मनमा बस्दै आएका विद्युतीय गाडी (ईभी) किन्ने हो भने त यसले फुलचार्जमा कति किलोमिटर रेन्ज दिन्छ भन्ने अर्को महत्त्वपूर्ण विषय हो ।

नेपालका सडक सबैतिर पक्की (कालोपत्र) छैन । कालोपत्र भएकै सडकमा पनि खाल्डाखुल्डीले दुःख दिइरहेको हुन्छ । यस्तोमा ईभी किन्नुपरे धेरै सोच्नुपर्ने अवस्था भने देखिन्छ ।

तर, राजधानीको भृकुटीमण्डपमा तीन दिनदेखि जारी ‘नाडा अटो शो २०२४’ मार्फत नेपालमा सार्वजनिक भएको जेइकुको जे–६ ले नेपाली भूगोलमा ‘अफरोड’ ईभी किन्ने ‘कन्फिडेन्स’ दिन्छ । अफरोड ईभी जे–६ पछिल्लो समय नेपाली बजारमा चर्चाको विषय समेत बनेको छ ।

त्यसैकारण नेपालमा आधिकारिक रूपमा सार्वजनिक भएको जेइकुको जे–६ नाडा अटो शोमा आकर्षणको केन्द्र बनिरहेको छ । यसलाई शोको पहिलो दिनमै भएको २५ युनिट बुकिङले पुष्टि गर्छ ।

‘हाम्रो गाडीमा एकदम आकर्षण देखिएको छ । नेपालमा ईभीमा बक्स टाइपको गाडी हामीले मात्रै ल्याएर होला, यसमा एकदम मानिस झुम्मेको देखिन्छ,’ एक्जिबिटर मिलन बज्राचार्य भन्छन् ।

नेपालका लागि आधिकारिक विक्रेता एसपीजी अटोमोबाइलले यो गाडी ६९ लाख ९९ हजार नियमित मूल्यमा भित्र्याएको हो भने ३ लाख छुटसहित ६६ लाख ९९ हजार रुपैयाँमा नाडा अटो शोमा पाइन्छ ।

के–के छन् विशेषता ?

टुर, एडभेन्चर ट्राभलका लागि निर्माण भएको स्टाइलिस यो ईभीमा भएको १९ इन्चको ह्विल, २२० एनएम टर्क र २०० एमएम अग्लो ग्राउन्ड क्लियरेन्सले नै यो नेपालकै लागि बनेको जस्तो देखिन्छ । रियर ह्विल ड्राइभ सिस्टममा १३५ किलोवाट क्षमताको मोटर पावर यो गाडीमा दिइएको छ ।

लाइफस्टाइल अफरोड सेग्मेन्टमा आएको जे–६ बक्स डिजाइनमा निर्माण भएको छ । ईभीमा आकर्षक डिजाइन थप्ने यो एसयूभीको एक्सटेरियरमा एलईडी लाइटले स्टाइलिस देखाएको छ ।

अफरोड एसयूभीमा पानारोमिक सनरुफ, भेन्टिलेटेड र हिटेड सिट, डुअल जोन एसी, १५.६ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, ९.२ इन्चको इन्स्ट्रुमेन्टल क्लस्टर, वायरलेस चार्जर, ३६० डिग्री क्यामरा, इलेक्ट्रिक पार्किङ ब्रेक, ६ एयरब्याग, क्यामरा बेसको लेभल–२ एडास, भेहिकल स्टेबिलिटी कन्ट्रोल, फ्रन्ट र रियर पार्किङ सेन्सर जस्ता आधुनिक फिचर छन् । यसमा पाँच रङ अप्सन छ ।

एकपटक फुलचार्जमा ४ सय किलोमिटरसम्म रेन्ज दिने दाबी गरिएको जे–६ मा ६५.६९ किलोवाट आवरको ब्याट्रीप्याक छ । आठ वर्ष वा १ लाख ५० हजार किलोमिटरको ब्याट्री वारेन्टी यो गाडीमा पाइन्छ ।

फास्ट चार्जरबाट ३० मिनेटमा ३० प्रतिशतबाट ८० प्रतिशत चार्ज हुन्छ । आधिकारिक विक्रेता एसपीजीले जे–६ पछि फोर ह्विल पनि लन्च गर्ने तयारी छ ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?