+
+

राजेन्द्र पाण्डेको नेतृत्वमा एकीकृत समाजवादी उपचुनावको तयारीमा जुट्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १३ गते २०:३९

१३ भदौ, काठमाडौं। नेकपा एकीकृत समाजवादीले स्थानीय तहमा हुने उपचुनावको तयारी अहिलेबाटै थालेको छ ।

बिहीबार सम्पन्न केन्द्रिय कमिटीबाटै उपचुनावको तयारी थाल्ने निर्णय गरेको हो । जसका लागि वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेको नेतृत्वमा केन्द्रीय परिचालन कमिटी बनाउने निर्णय भएको छ ।

यो कमिटीमा महासचिव घनश्याम भूसाल बाहेक अरु पदाधिकारी रहनेछन् । ‘महाधिवेशनपछि लगभग हाम्रो पार्टीको संरचनाले पूर्णता पाएको छ । अब चाँडै केन्द्रिय नेताहरुको कार्य विभाजन हुन्छ’ नवनिर्वाचित उपाध्यक्ष जगनाथ खतिवडाले भने, ‘तर उपचुनावको तयारी थाल्ने निर्णय गरिसकेका छौं ।’

उनका अनुसार केन्द्रमा वरिष्ठ उपाध्यक्ष पाण्डेको नेतृत्वमा परिचालन कमिटी बनेको छ भने अरु नेताहरुलाई कार्य क्षेत्रमा केन्द्रित हुन निर्देशन दिइएको छ ।

केन्द्रिय सदस्यहरुको कार्यविभाजन गर्ने जिम्मा भने स्थायी कमिटीलाई दिइएको छ । बिहीबारको बैठकले पदाधिकारी रहनेगरी स्थायी कमिटी गठन गरेको छ ।

मंगलबारको बैठबाट पदाधिकारी र पोलिटब्यूरो चयन भएका छन् । असार दोस्रो साता सम्पन्न दशौं महाधिवेशनबाट माधवकुमार नेपाल अध्यक्ष, झलनाथ खनाल सम्मानित नेता र घनश्याम भूसाल महासचिव निर्विरोध भएका थिए ।

मंगलबार राजेन्द्र पाण्डे वरिष्ठ उपाध्यक्ष निर्विरोध भएका थिए । बाँकी १७ पदाधिकारी र १०५ सदस्यीय पोलिटब्यूरो मतदानबाट टुंगिएको थियो ।

यसपछि बिहीबार बसेको केन्द्रिय कमिटी बैठकले मंसिरभित्र प्रदेश र चैतभित्र जिल्ला कमिटीको अधिवेशन सक्ने निर्णय समेत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?