+
+

पाँचथरमा ग्रिनेड पड्किँदा एक बालिकाको मृत्यु, २ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १४ गते ७:०१

१४ भदौ, काठमाडौं । पाँचथरको फालेलुङ गाउँपालिका–५ डाडागाउँमा विष्फोटक पदार्थ विस्फोट भएर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा अढाइ वर्षीया प्रिन्सा साँवा छिन् ।

बिहीबार अपराह्न साढे २ बजेतिर खेलिरहेका बेला विष्फोट भएको सुनिएको थियो । स्थानीय त्यहाँ पुग्दा तीन जना बालबालिका घाइते अवस्थामा भेटिएका थिए ।

घाइते प्रिन्साको मृत्यु भइसकेको छ भने डाँडागाउँ निवासी दिलिप साँवाका ११ वर्षीय दिप्सन र दिलिपका छिमेकीका बालक पवन राईको उपचार भइरहेको प्रहरीले जनाएको छ । एक जनाको सदरमुकाम फिदिममा र एकजनाको झापाको बिर्तामोडमा उपचार भइरहेको छ ।

घटनास्थलमा फलामको डल्लो जस्तो वस्तु पड्किएको अवस्थामा भेटिएको छ । त्यो वस्तु ह्याण्डमेड ग्रिनेड भएको पत्ता लागेको प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद कोइरालाले जानकारी दिए ।

त्यसको नजिकै कान्लातिर अर्को एउटा खिया लागेको फलामको डल्लो भेटिएको छ । त्यो पनि विष्फोटक पदार्थ हुन सक्ने अनुमानमा नेपाली सेनाको टोली घटनास्थल पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?