+
+

डीसीले सोमबारदेखि कार्यभार सम्हाल्ने, सोही दिनमात्रै शुभकामना लिने

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १६ गते १८:३४
सोमबार नियुक्तिपत्र बुझेपछि दिनेश डीसी ।

काठमाडौं । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेश डीसीले सोमबारदेखि कार्यभार सम्हाल्ने भएका छन् । आइतबार संचार तथा सूचना प्रविधि मन्त्रालय पुगेर उनले नियुक्ति पत्र बुझे ।

सो क्रममा मन्त्री पृथ्वीसुब्बा गुरुङले अध्यक्ष डीसीलाई बधाई तथा शुभकामना दिए । लगत्तै, उनले एमाले महासचिव शंकर पोखरेललाई पनि भेटेका थिए ।

‘मन्त्रीज्यूले शुभकामना दिँदै मार्गदर्शन गर्नुभयो र एमाले महासचिवसँग पनि कुराकानी भयो’ डीसीले भने । सोमबार कार्यभार सम्हालेपछि बोर्डको हलमा नवनियुक्त अध्यक्षलाई बधाई दिन चाहनेको लागि कार्यक्रम आयोजना गरिएको छ ।

डीसीले उक्त एक दिन मात्र शुभकामना र बधाई ग्रहण गर्ने भएका छन् । ‘एकदिन मात्र शुभकामना लिन्छु । दशौं दिन फोटो खिचाएर बस्दिन । सबैको शुभेच्छा र मनोभाव छँदैछ’ उनले भने ।

बोर्डको हलमा ११ देखि २ बजेसम्म शुभकामना लिने कार्यक्रम आयोजना गरिएको छ । मन्त्रालयबाट नियुक्तिपत्र बुझेपछि अध्यक्ष डीसीले अनलाइनखबरसँग कुरा गर्दै बोर्डलाई नयाँ शिराबाट अघि बढाउने बताए ।

‘अब सबै कुरा जिरोबाट सुरु हुन्छ । नयाँ शिराबाट बोर्डलाई अघि बढाउने छु । राम्रा चीज यथावत हुन्छ । पुराना कमिटी खारेज हुन्छन् । बजेट पनि पुनः ल्याउँछौं’ डीसीले भने । डीसीलाई गत विहिबारको मन्त्रिपरिषद् बैठकले बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?