+
+

दुई दशकदेखि महसुल नतिर्ने तलेजु र चाँगुनारायण मन्दिरको बिजुली काटियो

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १८ गते १९:२३

१८ भदौ, काठमाडौं । दुई दशकदेखि महसुल नतिरेपछि नेपाल विद्युत् प्राधिकरणले भक्तपुरको तलेजु र चाँगुनारायण मन्दिरको लाइन काटिदिएको छ ।

प्राधिकरण भक्तपुर वितरण केन्द्रका प्रमुख रामप्रमोद साहका अनुसार चाँगुनारायण मन्दिरमा ३५ लाख ६९ हजार र तलेजु मन्दिरमा २३ लाख १८ हजार रुपैयाँ बक्यौता छ ।

यसमध्ये तलेजु मन्दिरमा २०६० साल र चाँगुनारायण मन्दिरमा २०६३ सालदेखिको बक्यौता रहेको उनले जानकारी दिए ।

मन्दिरमा अन्यत्रै दिनेभन्दा कम दरमा बिजुली पठाउने गरिन्छ । सोहीकारण यो बक्यौतामा ठूलो मात्रामा बिजुली उपयोग भएको उनले बताए ।

बिजुली काट्नु अगाडि प्राधिकरणले मन्दिरको बिजुली बक्यौताको स्वामित्व लिन पटक–पटक स्थानीय सरकार, स्थानीय प्रशासन र गुठीदेखि पुरातत्व विभागसम्म पहल गरेको उनले जानकारी दिए । तर, कुनै पनि निकायले यसको स्वामित्व लिन नमानेपछि बाध्य भएर लाइन काट्नु परेको उनको भनाइ छ ।

‘हामीले सीडीओसाहेव, मेयरसाहेवदेखि पुजारीसम्मलाई भेटेर बिजुलीको बिल तिर्न अनुरोध गर्‍यौं’ उनले भने, ‘कसैले पनि स्वामित्व नलिएपछि लाइन काट्ने निर्णयमा पुगेका हौं ।’

उपत्यकाका धेरै मन्दिरमा यो समस्या रहेको र प्राधिकरणले बक्यौता उठाउन अन्य मन्दिरमा समेत यस्तै पहल गरिरहेको उनले जानकारी दिए ।

बक्यौता नउठे लाइन काट्नुको विकल्प नहुने उनको भनाइ छ । चाँगुनारायण मन्दिर विश्व सम्पदा सूचीमा सूचीकृत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?