+
+

पोखरा घुमघाममा बलिउड स्टार आशिष विद्यार्थी

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १९ गते १२:०४

काठमाडौं । चर्चित बलिउड अभिनेता आशिष विद्यार्थी यतिबेला पर्यटकीय राजधानी पोखरा घुमघाममा छन् । केही दिनअघिदेखि उनी पोखरा आसपासका पर्यटकीय थलो घुम्दै रमाइरहेका छन् ।

पोखरा घुमघामको रोचक भ्लग बनाउँदै फ्यानलाई यसबारे अपडेट पनि दिइरहेका छन् । फेवाताल र लेकसाइडका रिसोर्टमा खानाको स्वादमा रमाउँदै उनले साराङकोटबाट अन्नपूर्ण हिमश्रृंखलाको रसास्वादन पनि गरेको देख्न सकिन्छ ।

पोखराको हिमाल, तालतलैया र सौन्दर्यले लोभिएका उनी भारत फर्किएपछि पुनः परिवार ल्याएर पोखरासहित अन्नपूर्ण फेरो घुम्ने तयारीमा छन् । भ्लग हेर्दा उनले नेपाली परिकारको स्वाद रुचाएको देखिन्छ भने नेपाली आतिथ्यमा पनि रमाएका छन् ।

उनी केही सहयोगीलाई लिएर त्यता घुम्न पुगेका हुन् । उनको यो नेपाल भ्रमणले उनका भारतीय प्रशंसकलाई नेपाल घुम्न आउन प्रेरित गर्नसक्ने देखिन्छ । उनको छैटौं भ्लगमा ‘पहिलोपटक पोखरामा परम्परागत खानाको थालनीको स्वाद लिंदै’ भन्ने छ ।

यस्तो क्याफे जीवनमा अहिलेसम्म देखेको थिइनँ भन्दै उनले फेवाताल आसपासका क्याफे र होटलको समेत प्रशंसा गरेका छन् । त्यसपछि साराङकोट डाँडामा पुगेका उनले हिमालको दृश्यवलोकन गरे । उनलाई सहयोगीले अन्नपूर्ण श्रृंखला चिनाए । काठमाडौं विमानस्थल हुँदै पोखरा पुगेका उनलाई त्यहाँको एयरपोर्टमा स्वागत गरिएको देख्न सकिन्छ ।

भारतको गोवा, लखनउ हुँदै नेपाल आइपुगेका अभिनेता विद्यार्थी र उनका सहयोगीले नेपालको भ्लग अपडेट गरिरहेका छन् । उनको पछिल्लो बलिउड फिल्म ‘किल’ थियो जुन गत महिना नेपालका हलमा समेत रिलिज भएको थियो । हिन्दी, तामिल, तेलुगु, कन्नाडा, मलायलम लगायतका फिल्मका लागि उनी परिचित छन् ।

विशेषगरी खलपात्र र चरित्रप्रधान भूमिकाका लागि उनी परिचित छन् । नेपालमा समेत उनको ठूलै फ्यान फलोइङ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?