+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

सीटीईभीटीले माग्यो उपाध्यक्षमा आवेदन

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १९ गते १८:४९

१९ भदौ, काठमाडौं । सिफारिस समितिले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) को उपाध्यक्षमा आवेदन माग गरेको छ ।

खगेन्द्र अधिकारीको साउनमा कार्यकाल सकिएपछि उपाध्यक्ष मनोनयन सिफारिस समितिले खुला प्रतिस्पर्धाबाट छनोटका लागि आवेदन माग गरेको हो ।

राजनीतिक दलको सदस्य नभएको र सीटीईभीटीबाट सम्बन्धन प्राप्त संस्थाको सञ्चालक समितिमा नरहेको व्यक्तिले आवेदन दिन पाउनेछन् ।

योग्यता पुगेका उम्मेदवारले आवेदनसँगै २६ भदौभित्र सीटीइभीटीको बारेमा ५ हजार शब्दमा कार्य योजनासहितको सोचपत्र पेश गर्नुपर्नेछ ।

स्नातकोत्तर गरेको, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको क्षेत्रमा कम्तीमा १५ वर्ष काम गरेको, ४० वर्ष पूरा भई ६० वर्ष उमेर ननाघेको व्यक्तिले आवेदन दिन सक्नेछन् ।

साथै प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमका क्षेत्रमा विद्यावारिधिको उपाधि हासिल गरेको, सरकारी क्षेत्र, विश्वविद्यालय परिषद् वा सार्वजनिक क्षेत्र, प्रतिष्ठान वा अन्य कुनै क्षेत्रमा व्यवस्थापकीय पदको जिम्मेवारीमा रहेको, सार्वजनिक पदमा मनोनयनको लागि अयोग्य नभएको, परिषद्सँग कुनै स्वार्थ नबाझिएको हुनुपर्ने जनाएको छ ।

त्यस्तै सहसचिव वा सो सरह, त्यो भन्दा माथिल्लो पद, सीटीइभीटीको उपाध्यक्ष, सदस्य सचिव, निर्देशिकले पनि उम्मेदवारी दिन सक्नेछन् ।

कम्तीमा ११ औ तह, औद्योगिक क्षेत्रको प्रमुख कार्यकारी अधिकृत, सञ्चालक समितिको अध्यक्ष सदस्य पदको अनुभव हासिल गरेको व्यक्ति पनि सीटीइभीटीको उपाध्यक्षका लागि आवेदन दिन सक्नेछन् ।

समितिले उपाध्यक्ष पदका लागि शैक्षिक योग्यता, अनुभव, कार्य योजना सहितको सोचपत्र प्रस्तुतिकरण तथा अन्तर्वार्ता सम्बन्धी अंक विभाजनसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?