+
+

अवैध लाइसेन्स प्रकरणको छानबिन गर्न नेविसंघको माग

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २३ गते १४:३७

२३ भदौ, काठमाडौं। नेपाल विद्यार्थी संघले अवैध लाइसेन्स प्रकरणको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ ।

आइतबार नेविसंघले यातायात विभागलाई ज्ञापनपत्र बुझाउँदै अवैध लाइसेन्स सम्बन्धमा छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको हो ।

‘विभागको नेतृत्व र विभिन्न जिम्‍मेवारीमा आसिन व्‍यक्तित्वहरू र बिचौलियाको मिलेमतोमा  ६ मिहनाको अवधिमा करिब ३० हजार अवैध लाइसेन्स विभागको सिष्टममा प्रविष्ट भएको सम्बन्धमा यथार्थ छानबिन गरी दोषीलाई कडाभन्दा कडा रीक्षामा पास भएका २३ लाख जनाको लाइसेन्स कारबाही गरियोस्।’ नेविसंघको विज्ञप्तिमा उल्लेख छ ।

साथै संघले लाइसेन्स प्रिन्ट भएका २३ लाखजनाले दुई वर्षसम्म लाइसेन्स प्राप्त गर्न नसकेका नागरिकको राज्यप्रति विश्वास गुम्दै गएको ध्यानाकर्षण गराइएको छ ।

विभागको सर्भरमा बारम्बर आउने समस्या वास्तविक हो वा कृत्रिम अनुसन्धान हुनुपर्ने संघले जनाएको छ ।

संघले विभागको सफ्टवेयर क्र्यास गरी कमिसनको खेलमा व्यापारी अनुकूल नयाँ सफ्टवेय खरिद गर्ने र कमीकमजोरी समेत लुकाउने दुष्प्रयास भएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

केन्द्रीय सदस्य नारायण पाण्डेको नेतृत्वमा गएको टोलीले विभागलाई १३ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?