+

राखेप बोर्ड बैठक अनिश्चित, पास हुन सकेन १०औं राष्ट्रिय खेलकुदको कार्यविधि

२०८१ भदौ  २३ गते १५:०५ २०८१ भदौ २३ गते १५:०५
राखेप बोर्ड बैठक अनिश्चित, पास हुन सकेन १०औं राष्ट्रिय खेलकुदको कार्यविधि

२३ भदौ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप)को बोर्ड बैठक अन्योलमा पर्दा १०औं राष्ट्रिय खेलकुदको कार्यविधि पास हुन सकेको छैन ।

युवा तथा खेलकुद मन्त्रीले अध्यक्षता गर्ने राखेप बोर्ड बैठकको मिति तय नहुँदा कार्यविधि पनि पास हुन नसकेको हो ।

राखेपले १४ दिनअघि युवा तथा खेलकुद मन्त्रालयमा कार्यविधि पठाएको थियो । मन्त्रालयका सचिव सुमनराज अर्यालले कार्यविधि निरीक्षणको काम सकिएको जानकारी दिए । ‘मन्त्रालयबाट हुने सम्पूर्ण कामहरु लगभग सकिएको छ । तर यो कार्यविधि पास गर्न राखेपको बोर्ड बैठक नै बस्नुपर्छ,’ उनले भने ।

राखेप बोर्ड बैठक कहिले हुने भन्ने अझै टुंगो नलागेको राखेप स्रोतले बतायो । ‘बोर्ड बैठकको लागि केही छलफल भएको थाहा छैन,’ स्रोतले भन्यो ।

१० औं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशको सुर्खेतमा आगामी मंसिर २ देखि ९ गतेसम्म हुने तय भएको छ । तर कतिपयले पूर्वाधार तयारीको काममा भइरहेको ढिलाइका कारण पूर्वनिर्धारित मितिमा हुनेमा शंका व्यक्त गरेका छन् ।

राखेप बोर्ड बैठक १०औं राष्ट्रिय खेलकुदको कार्यविधि
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय