+
+

विराटनगरमा कृषि एक्स्पो २७ भदौदेखि

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २५ गते १४:२७

२५ भदौ, विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा विराटनगरमा २७ भदौदेखि कृषि एक्स्पो सञ्चालन हुने भएको छ ।

३० भदौसम्म सञ्चालन हुने एक्स्पोको तयारी पूरा भएको महासंघ कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतले जानकारी दिए । उनका अनुसार एक्स्पोमा १३० वटा स्टल रहने छ ।

एक्स्पोमा भारतको कोलकत्ता र बिहारका २० वटा कृषिका स्टलहरू रहने उनले बताए ।

एक्स्पो अवधिभर कृषि, पशुपन्छी, कस्टम हाइरिङ, क्लाइमेट चेन्ज, जैविक मल तथा विषादी बनाउने र प्रयोग विधि लगायत विषयमा नेपाल र भारतका विज्ञ सहभगितामा सम्वाद हुनेछ ।

कृषि औजार प्रदर्शनी, उन्नतजातका पशुपन्छीको प्रदर्शनी, पशुपन्छी तथा कृषि उपजकाे प्रतियोगिता खेतदेखि भान्साको अनुभव र फुड फेस्टिबल गरिने उनले बताए ।

पहाडी जिल्लाबाट अवलोकन गर्न आउने र एकै दिनमा फर्कन नसक्नेका लागि निःशुल्क बस्न र खानाको व्यवस्था मिलाइने उनले बताए ।

कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यसहित आयोजना गरिएको एक्स्पो सञ्चालनका लागि एक करोड रुपैयाँ खर्च हुने राउतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?