+
+

सीडीओ सरुवा : काठमाडौंमा जयनारायण आचार्य

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २६ गते ६:४८
जयनारायण आचार्य ।

२६ भदौ, काठमाडौं । गृह मन्त्रालयले काठमाडौंसहितका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको सरुवा गरेको छ ।

काठमाडौंका सीडीओ जितेन्द्र बस्नेतलाई गृह मन्त्रालयमा तानेर उनको सट्टा जयनारायण आचार्यलाई पठाइएको छ । यसअघि आचार्य कारागार व्यवस्था विभागको महानिर्देशक थिए ।

यसैगरी सिन्धुपाल्चोकमा किरण थापा, सिन्धुलीमा लिलाप्रसाद शर्मा र प्युठानमा रमा आचार्य सुवेदीलाई सीडीओ बनाएर पठाइएको छ ।

यसअघि थापा अध्यागमन कार्यालय भैरहवाको प्रमुख अध्यागमन अधिकृत थिए भने शर्मा र आचार्य गृह मन्त्रालयमै थिए ।

उपसचिव सुवेदीलाई प्युठानको सीडीओ बनाएर पठाएपछि प्युठानका सीडीओ नारायण प्रसाद अर्याललाई मन्त्रालयमा तानिएको छ ।

गृह मन्त्रालयले अर्घाखाँचीको प्रमुख जिल्ला अधिकारीको रुपमा बाबुराम अर्याललाई पठाएको छ । अर्याल इलाका प्रशासन कार्यालय चन्द्रौटामा कार्यरत थिए । अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यालाई इलाका प्रशासन कार्यालय चन्द्रौटामा पठाइएको छ ।

तीन सातादेखि सिन्धुपाल्चोक, सिन्धुली र अर्घाखाँची सीडीओविहीन थिए ।

यसैगरी अतिरिक्त समूहमा रहेका सहसचिव टोकराज पाण्डेलाई गृह मन्त्रालयमै सरुवा गरिएको छ । तर उनको जिम्मेवारी तोकिन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?