+
+

पश्चिम नेपालमा रातिदेखि नै वर्षा, काठमाडौंमा अपराह्नपछि पानी पर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २७ गते ८:१६

२७ भदौ, काठमाडौं । लुम्बिनीदेखि सुदूरपश्चिमसम्मका जिल्लाहरुमा गएरातिदेखि वर्षा भइरहेको छ । ती क्षेत्रमा २९ गते बिहानसम्म वर्षाको सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार विशेष बुलेटिन जारी गरी पश्चिमी भूभागमा भदौ २७ गते साँझदेखि २९ गते बिहानसम्म भारीदेखि धेरै भारीसम्म वर्षा हुने जानकारी दिएको थियो ।

बुधबार रातिदेखि नै मनसुन सक्रिय हुँदा पाल्पा, दाङ, बाँके, बर्दिया, कैलाली, डडेलधुरा, कञ्चनपुर लगायतका जिल्लाहरुमा बढी वर्षा भएको देखिन्छ ।

वर्षाको मात्रा अझै बढ्ने सम्भावना छ । खासगरी बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी, बैतडी र अछाम जिल्लामा अत्यधिक वर्षाको सम्भावना छ ।

त्यसैले ती जिल्लाहरुलाई मौसम पूर्वानुमान महाशाखाले उच्च जोखिमको सूचीमा राखेको छ ।

महाशाखका मौसमविद गोविन्द झाका अनुसार भारतको मध्यप्रदेश आसपासमा अवस्थित मनसुनको न्यून चापीय प्रणाली थप विकसित भई उत्तरपश्चिमतिर अर्थात् नेपाल नजिक सर्ने सम्भावना छ ।

त्यसको प्रभावले नेपालको पश्चिमी भूभागमा बढी वर्षा भएको हो । मौसमविद झाले भने, ‘मनसुनको असर देशैभरी रहे पनि बढी प्रभाव पश्चिम भूभागमा देखिने छ । त्यसैले विशेष सतर्कता अपनाउनु जरुरी छ ।’

काठमाडौंमा वर्षाको सम्भावना कस्तो ?

मौसम पूर्वानुमान महाशाखाले लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका ८ जिल्लालाई उच्च जोखिमको सूचीमा राखे पनि मधेशदेखि सुदूरपश्चिमसम्मका १९ जिल्लामा मध्यम जोखिमको सम्भावना छ ।

खासगरी बारा, पर्सा, चितवन, नवलपरासी पूर्व, स्याङ्जा, तनहुँ, अर्घाखाँची, तनहुँ, अर्घाखाँची, रुपन्देही, पाल्पा, कपिलवस्तु, नवलपरासी पश्चिम, दाङ, बाँके, दैलेख, कालिकोट, सल्यान, दार्चुला, बझाङ र बाजुरा जिल्ला मध्यम जोखिममा रहेको महाशाखाले जारी गरेको विशेष बुलेटिनमा उल्लेख छ ।

बाँकी ३३ जिल्लालाई महाशाखाले निम्न जोखिमको सूचीमा राखेको छ । काठमाडौं उपत्यका र हिमाली क्षेत्रसहितका अन्य १७ जिल्लाबारे भने महाशाखाको विशेष बुलेटिनमा केही उल्लेख छैन ।

तर महाशाखाका मौसमविद झाले भने काठमाडौं उपत्यकामा पनि आज वर्षाको सम्भावना रहेको जानकारी दिए । उनका अनुसार काठमाडौं उपत्यकामा आज अपराह्नपछि हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना छ ।

सिन्धुपाल्चोक र काभ्रे जिल्लामा भने भारी वर्षा गराउने बादल जम्मा भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?