+
+

डोटीमा खोलाले बगाउँदा बालिका बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २८ गते ९:१५

२८ भदौ,धनगढी । डोटीमा खोलाले बगाउँदा एक बालिका बेपत्ता भएकी छन् । शुक्रबार बिहान केआईसिंह गाउँपालिका–४, कार्की गाउँकी ८ वर्षीया बालिका निर्मला चन्द स्थानीय गन्ने खोलामा बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) भीमलाल भट्टराईले वाइल बजारमा दुध पुर्‍याउन जाने क्रममा बिहान ७ बजे बालिकालाई खोलाले बगाएको खबर प्राप्त भएको बताए ।

अहिले स्थानीयको सहयोगमा प्रहरीले बालिकाको खोजी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?