+
+

प्रियंकाले लुभुबाट थालिन् हरर फिल्म ‘ममी’को छायांकन

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १ गते १५:२२

काठमाडौं । अभिनेत्रीद्धय प्रियंका कार्की र दीया मास्केले आगामी फिल्म ‘ममी’को छायांकन थालेका छन् । यसवर्षको सुपरहिट फिल्म ‘बोक्सीको घर’ फेम्ड निर्देशक सुलक्षण भारती समेत यसमा अभिनय गर्दैछन् ।

राष्ट्रिय चलचित्र दिवस र विश्वकर्मा पूजाको अवसरमा मंगलबार लुभुस्थित महालक्ष्मी महाभैरव मन्दिरमा शुभसाइत पूजा गर्दै छायांकन थालिएको हो । हरर जनराको यो फिल्मलाई सो ट्वान्टी फाइभको ब्यानरमा निर्माण गर्न लागिएको हो ।

समर निरौलाले निर्देशन गर्ने फिल्मको पटकथालाई पूर्णिमा जोशी र समर निरौलाले संयुक्तरुपमा लेखेका हुन् । लोकराज जोशी र पूर्णिमा जोशीले फिल्म निर्माण गर्न लागेका हुन् ।

फिल्ममा समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गुराँस ढकाल, रीना ढकाल लगायत कलाकारको समेत अभिनय छ । फिल्मलाई शरद महतोले खिच्नेछन् ।

३० दिनमा पहिलो चरणको छायांकन सकिने र तिहारपछि दोस्रो चरणको छयाांकन गर्ने जानकारी निर्मात्री जोशीले दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?