+
+

सोनामको ‘फेस्टिभ अफर’ मा ७० प्रतिशतसम्म छुट

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ३ गते १३:५८

काठमाडौं । नेपालकै लोकप्रिय र उच्च गुणस्तरीय तयारी पोशाक ब्रान्ड सोनामले दशैं र तिहारलाई लक्षित गरी ‘फेस्टिभ अफर’ सार्वजनिक गरेको छ ।

१ असोजदेखि १९ असोजसम्म सञ्चालन हुने फेस्टिभ अफरमा ७० प्रतिशतसम्मको आकर्षक छुट उपलब्ध हुनेछ ।

ग्राहकले फेस्टिभ अफरमा महिला, पुरुष, र बालबालिकाका लागि विभिन्न उच्च गुणस्तरीय ज्याकेट, ट्राउजर, सर्ट, पाइन्ट, पञ्जा, जिम भेस्ट, स्वेटर, कोट, साथै ट्रेकिङ पोसाक, टेन्ट, ब्याग लगायत उत्पादनहरू अफर अनुसार खरिद गर्न सक्नेछन् ।

यो अफर काठमाडौं उपत्यकाको नारायण गोपाल चोक, बौद्ध, केएल टावर चाबाहिल, बानेश्वर आइप्लेक्स मल, जडिबुटी चोक, ग्वार्को, सातदोबाटो, जावलाखेल, न्युरोड, ठमेलको क्वाबहाल, सातघुम्ती, छायाँ सेन्टर,बालाजु बिजी मल, त्रिपुरेश्वर डब्लूटीसी, सिभिल मल सुन्धारा, कमलपोखरी सिटी सेन्टरमा सञ्चालित  सोनाम ब्रान्डको शोरुमहरूमा लागु हुनेछन् ।

यसैगरी काठमाडौं उपत्यका बाहिर पोखराको लेकसाइड र न्युरोड, बुटवल, सुर्खेतको वीरेन्द्रनगर, चितवनको सिजी ल्यान्डमार्क, हेटौंडा, धरानको पुतलीलाइन र विर्तामोडमा सञ्चालित सोनामको शोरुममा पनि लागु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?