+
+

हकप्रदमा नबिकेको आँखुखोलाको सेयर लिलामी बिक्रीमा खुल्दै

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ४ गते ८:४६

४ असोज, काठमाडौं । आँखुखोला जलविद्युत् कम्पनीको हकप्रद निष्कासनका क्रममा बिक्री नभएको १७ लाख ५० हजार २४८ कित्ता साधारण सेयर लिलामी बिक्रीमा आउने भएको छ ।

असोज ११ गतेदेखि यस कम्पनीको सेयरमा मूल्य बढाबढ बोलकबोलमार्फत आवेदन दिन सकिनेछ । बिक्री प्रवन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङका अनुसार असोज २० गतेसम्म यसमा आवेदन दिन सकिनेछ । हाल यस कम्पनीको बजार मूल्य प्रतिकित्ता २०७ रुपैयाँ छ ।

सार्वजनिक सूचनाअनुसार न्यूनतम १०० कित्ता तथा अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । नबिल इन्भेस्टमेन्ट बैंकको नक्साल कार्यालय तथा नबिल बैंकका शाखा कार्यालयहरु बिर्तामोड, वीरगन्ज, हेटौंडा, जावलाखेल, पोखरा (लेकसाइड), नेपालगञ्ज, सुर्खेत (बराहताल) तथा धनगढी शाखाबाट आवेदन दिन पाइनेछ । आवेदनको फारम तिनै कार्यालयमार्फत १ सय रुपैयाँ तिरेर लिन सकिनेछ ।

पहिले हिमालय ऊर्जाको सेयरमा आवेदन खुल्दै
आँखुखोलाभन्दा पहिले नै हिमालय ऊर्जा विकास कम्पनीको १४ लाख ४६ हजार ३५९ कित्ता साधारण सेयर लिलामी बिक्रीमा आउनेछ ।

असोज ७ गतेदेखि १४ गतेसम्म यस कम्पनीको लिलामी सेयरमा आवेदन दिन सकिने बिक्री प्रवन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङले जनाएको छ । यसअघि कम्पनीले १ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्कासन गरेको थियो । सोमा बिक्री नभएको सेयर लिलामी बिक्रीमा आएको हो ।

न्यूनतम १०० र बढीमा सबै सेयरका लागि आवेदन दिन सकिनेछ । हाल यस कम्पनीको मूल्य प्रतिकित्ता २२३ रुपैयाँ १० पैसा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?