+
+

स्ट्याग ग्लोबल च्याम्पियन्स लिग ७ असोजदेखि

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ६ गते १४:१६

काठमाडौं । स्ट्याग ग्लोबल च्याम्पियन्स लिग सिजन टु ७ असोजदेखि सुरु हुने भएको छ ।

स्ट्याग च्याम्पियन्स टबल टेनिस एकेडेमीको आयोजनामा लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा प्रतियोगिता आयोजना हुने भएको हो ।

६ दिनसम्म सञ्चालन हुने लिगमा ७ टिमको सहभागिता रहनेछ ।

लिगमा आयोजकसहित दुई विभागीय टोली नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, ज्ञानभैरव डिल्लीबजार टेबल टेनिस क्लब, यल टेबल टेनिस र होप्स टेबल टेनिस एकेडेमी सहभागी हुनेछन् ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद २ लाखसहित रनिङ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

उपविजेता टिमले नगद एक लाखसहित ट्रफी, मेडल र प्रमाण–पत्र हात पार्नेछन् भने तेस्रो हुने (दुवै सेमिफाइनलिस्ट) टिमले नगद ५० हजार सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने छन् ।

प्रतियोगिताको मुख्य प्रायोजक तथा इक्युप्मेन्ट पार्टनरमा स्टयाग गोल्बल प्रालि इन्डिया रहेको छ भने सहप्रायोजकमा अखिल नेपाल टेबल टेनिस संघ उपाध्यक्ष सुमन खड्गी र मेटल सेपर रहेको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?