+
+

दुर्गा प्रसाईं रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८१ असोज ८ गते १३:४८

८ असोज, काठमाडौं । साइबर अपराध आरोपमा अनुसन्धानका लागि पक्राउ परेका दुर्गा प्रसाईंलाई रिहाइको माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ ।

मंगलबार दिउँसो एक समूहले राष्ट्रिय झण्डासहित माइतीघरको सडकमा भेला भएर प्रदर्शन गरेका हुन् । उनीहरुले प्रसाईंलाई रिहा गर्न माग गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी एक नेतृले दिएको उजुरीको आधारमा नेपाल प्रहरीको साइबर ब्यूरोले प्रसाईंलाई आइतबार उनको निवास भक्तपुरबाट पक्राउ गरेको थियो । उनलाई जिल्ला अदालत काठमाडौंले ३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।

उनी विरामी भएका कारण वीर अस्पतालमा भर्ना भएका छन् ।

 

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?