+
+

चाडपर्वको मुखमा विदेशिए ५७ हजार नेपाली

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ९ गते ८:१५

९ असोज, काठमाडौं । चाडपर्व नजिकिए पनि वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा कमी आएको छैन ।

नेपालीका दशैं-तिहार जस्ता प्रमुख चाडपर्व नजिकिएका बेला विभिन्न मुलुकमा गरी ५७ हजार ४९३ नेपालीहरू विदेशिएका छन् । यो चालु आर्थिक वर्ष ०८१/०८२ को भदौ महिनामात्र विदेश जाने नेपालीहरुको संख्या हो ।

वैदेशिक रोजगार विभागका अनुसार विदेशिनेमध्ये  ५० हजार ७७० पुरुष र ६ हजार ७२३ महिला रहेका छन् । गत साउनमा ६० हजार विदेशिएका थिए ।

भदौमा २९ हजार ५२८ जना संस्थात रुपमा र ९ हजार २६ जनाले व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको विभागले जनाएको छ । त्यस्तै जिटुजीमार्फत एक हजार ३ जना विदेश गएका छन् । यो नयाँ तथा पुरानो श्रम स्वीकृत लिएर जाने श्रमिकको संख्या हो ।

सबैभन्दाे धेरै यूएई गए, मलेशिया जाने घटे

वैदेशिक रोजगार विभागका सूचना अधिकारीसमेत रहेका गुरुदत्त सुवेदीका अनुसार भदौमा सबैभन्दा धेरै यूएई गएका छन् ।  पछिल्लो एक महिनामा युएइमा मात्र १८ हजार ६०५ नेपाली विदेश गएका छन् ।

त्यस्तै साउदीमा १० हजार ८३५, कतारमा ११ हजार २९१ र कुवेतमा ४ हजार २१५ श्रमिक वैदेशिक रोजगारीमा गएको सूचना अधिकारी सुवेदीले बताए ।

यता, वैदेशिक रोजगारीमा मलेशियामा जाने श्रमिकमा भने ठुलो गिरावट आएको छ ।

साउनमा मलेशियामा १ हजार ३४४ जना वैदेशिक रोजगारीमा गएका छन् । यो कोभिडपछि अहिलेसम्मै ठूलो गिरावट हो । कुनै समय नेपालको प्रमुख श्रम गन्तव्य रहेको मलेशियामा भदौमा १ हजार १९३ श्रमिक गएका छन् ।

अघिल्लो आर्थिक वर्षको भदौमा ८ हजार १६३ जना श्रमिक रोजगारीको खोजीमा मलेशिया गएका थिए । गत मार्चमा मलेशियाले आप्रवासी श्रमिक लैजान कटौटी यो संख्यामा कमी आएको विभागका सूचना अधिकारी गुरुदत्त सुवेदीले बताए ।

भदौमा युरोपमा जाने नेपालीको संख्या पनि उल्लेख्य देखिन्छ । विभागका अनुसार रोमनीयमा सबैभन्दा धेरै श्रमिक गएका छन् ।

भदौमा रोमनियामा युरोप राष्ट्र रोमनिया एक हजार ८८८ जना वैदेशिक रोजगारीमा गएका छन् । त्यस्तै क्रोएसियामा ७०९, साइप्रस ६ सय १२, माल्टामा २८२ जना गएको विभागको तथ्याङ छ ।

त्यस्तै जापानमा एक हजार ४५६ र दक्षिण कोरियामा एक हजार १०६ श्रमिक रोजगारीका लागि गएका छन् ।

कुन जिल्लाबाट कति गए ?

भदौमा सबैभन्दा धेरै धुनषाबाट वैदेशिक रोजगारीमा गएका छन् । भदौमा धनुषाबाट ३ हजार ३६०, सिराहबाट २ हजार ६४४, झापाबाट २ हजार ५७५, मोरङमा २ हजार ४००, महोत्तरी २ हजार ३६०, सुनसरी २ हजार ५७ जना वैदेशिक रोजगारीमा गएका छन् ।

१३ हजार अदक्ष श्रमिक विदेशिए

नेपालबाट भदौमा विदेशिने श्रमिक मध्ये १३ हजार १७१ जना अदक्ष श्रमिक छन् । विभागका अनुसार भदौमा विदेशिनेमध्ये ३७ हजार ७८३ हजार श्रमिक दक्ष छन् । अर्धदक्ष ६ हजार १७५ जना विदेशिएका छन् । त्यस्तै व्यवसायिक दक्ष शिप भएका ३०९ जना गएका छन् भने ५५ जना उच्च दक्ष श्रमिकहरू विदेशिएका छन् ।

चाडपर्वमा देश छोड्नु दु:खद् 

विभागका निर्देशक गुरुदत्त सुवेदीले चाडपर्व नजिकिए पनि रोजगारीको खोजीमा विदेश जानेको संख्यामा कुनै कमी नआएको बताए । मुलुकभित्र रोजगार सिर्जना हुन नसक्दा युवाहरु विदेश जानु पर्ने अवस्था नफेरिएको उनको भनाइ छ ।

समाजशास्त्री माधव अधिकारीले चाडपर्वमा विदेशिनु निकै दुःखद् भएको बताउँछन् । ‘चाडपर्वमा टाढा भएका नेपाली पनि घर फर्कने, आफन्ती र परिवारसँग समय बिताउने समय हो,’ उनले भने, ‘तर, भविष्याको खोजीमा चाडबाडकै बेला परिवारसँग छोडेर विदेशिनु पर्ने अत्यन्त चिन्ताको विषय हो ।’

मुलुकमा रोजगारी सिर्जना नुहँदा र युवाहरुलाई आशा जगाउन नसक्दा यस्तो अवस्था आएको उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?