+

देव र रिजनको टी-२० आईमा डेब्यू

२०८१ असोज  १२ गते २१:५० २०८१ असोज १२ गते २१:५०
देव र रिजनको टी-२० आईमा डेब्यू

१२ असोज, काठमाडौं – नेपालका शीर्षक्रमका ब्याटर देव खनाल र बायाँ हाते तीव्र गतिका बलर रिजन ढकालले क्यानडाविरुद्ध टी-२० आई मा डेब्यू गरेका छन् । किंग सिटीमा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

आईसीसी विश्वकप लिग-२ मा मौका नपाएका देव खनाल र रिजन ढकालले आज खेल्ने मौका पाएका छन् । टी-२० आईमा देव र रिजन दुबैको डेब्यू हो । देवले नेपालबाट सन् २०२२ मा पपुवा न्युगिनीविरुद्ध मार्चमा ओडीआईमा डेब्यू गरेका थिए । उनले हालसम्म १४ ओडीआई खेल खेलेका छन् । उनी लिग २ मा भने नेपालको अन्तिम १५ मा थिएनन् ।

स्पिनर ललित राजवंशीलाई नेपालले बेन्चमा राख्दै रिजन ढकाललाई डेब्यू दिएकोछ । उनले गत फेब्रुअरीमा टीयुमा नै क्यानडाविरुद्ध दुई ओडीआई खेल खेलेका थिए । लिग-२ को टोलीमा रहेपनि खेल्ने मौका पाएका थिएनन् । नेपालसँग टी-२० डेथ ओभर स्पेलिष्ट बलर अभिनाश बोहरा टोलीमा नहुँदा उनको स्थानमा रिजनलाई मौका दिएको हो ।

नेपालले आजको खेलमा आरिफ शेख, भीम सार्की, ललित राजवंशी, गुलशन झा र अर्जुन साउदलाई बेन्चमा राखेको छ ।

नेपालको प्लेइङ ११ :

आसिफ शेख, कुशल भुर्तेल, अनिल साह, रोहित पौडेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, रिजन ढकाल, सन्दीप लामिछाने र देव खनाल ।

 

क्यानडाविरुद्ध टी-२० आई देव खनाल र रिजन ढकाल नेपाल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

7 Stories
औषधीय गुणको फिटकिरी, कुन समस्यामा के लाभ ?

औषधीय गुणको फिटकिरी, कुन समस्यामा के लाभ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १६:५९
6 Stories
योनीस्राव हुनुका ६ कारण

योनीस्राव हुनुका ६ कारण

- अनलाइनखबर २०८१ असोज ११ गते १५:०३
7 Stories
निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

- अनलाइनखबर २०८१ असोज ११ गते १३:४९
7 Stories
एमआरआई के हो, किन गरिन्छ ?

एमआरआई के हो, किन गरिन्छ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १२:१०
6 Stories
६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

- अनलाइनखबर २०८१ असोज ११ गते ११:४०