+
+

अखिल क्रान्तिकारीको सम्मेलनमा बढी शुल्क लिएको भन्दै हस्ताक्षर अभियान

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १३ गते १७:१०

१३ असोज, काठमाडौं। अखिल क्रान्तिकारीको २३औं राष्ट्रिय सम्मेलनमा प्रतिनिधिलाई बढी शुल्क लिएको भन्दै विरोध सुरु भएको छ ।

१० असोजदेखि सुरु भएको राष्ट्रिय सम्मेलनमा सहभागी हुनेले २ हजार शुल्क उठाइएको छ । प्रतिनिधि शुल्क २ हजार हुन नहुने भन्दै हस्ताक्षर अभियान सुरु गरिएको केन्द्रीय सदस्य ममता अधिकारीले जानकारी गराइन् ।

हालसम्म ९ सय बढीले शुल्क घटाउने पक्षमा हस्ताक्षर गरेको विद्यार्थी नेताहरुले जानकारी गराएका छन् । सम्मेलनका लागि २३२३ प्रतिनिधि कायम भएका थिए ।

शुल्क घटाउनुपर्ने माग गर्नेले न्युनतम पाँच सय हुनुपर्ने मत राखेका छन्। सम्मेलन लम्बिएका कारणले बसाई खर्च बढेकाले घटाउनुपर्ने माग राखेको उपाध्यक्ष क्षितिज सापकोटाले जानकारी गराए । बस्नका लागि प्रतिनिधि स्वयंले व्यवस्था गर्नुपर्ने संगठनको निर्णय छ ।

‘खानाको ७० प्रतिशत संगठनले बेहोरेको छ । ३० प्रतिशत प्रतिनिधिबाट उठाइएको हो,’ सापकोटाले भने,‘साथीहरुको बसाई लम्बिएकाले शुल्क धेरै भयो भन्ने कुरा उठेको हो ।

पूर्व निर्धारित समय अनुसार १४ असोजमा सम्मेलन सक्ने भनिएको थियो । वर्षात् कारणले शनिबार सम्मेलनको कार्यसूची कार्यान्वयन हुन नसकेपछि निर्वाचन प्रक्रिया तोकिएको समय अनुसार नहुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?