+
+

अमेरिकामा ‘दशैं तिहार धमाका’मा गुञ्जिंदै यम बराल

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १५ गते १६:३१

काठमाडौं । गायक यम बराल यतिबेला अमेरिकामा सांगीतिक कार्यक्रममा व्यस्त छन् । केही समयअघि एक्रोन र नासुवाका नेपाली दर्शकलाई मनोरञ्जन प्रदान गरेका उनी अब दशैंभर अमेरिकाका विभिन्न सहरमा हुने कन्सर्टमा व्यस्त हुनेछन् ।

आगामी शनिबार अर्थात् ५ अक्टोबरमा उनी विस्कन्सिन राज्यको म्याडिसन सहरमा गुञ्जिनेछन् । यसैगरी १९ अक्टोबरका दिन उनले वासिङ्टन राज्यको रेन्टन सहरमा सांगीतिक प्रस्तुति दिंदैछन् । त्यहाँको कार्यक्रममा उनले राजेशपायल राई र लीला गजमेरसँग स्टेज सेयर गर्नेछन् ।

‘दशैं तिहार धमाका’ नाम दिइएको उक्त सांगीतिक कार्यक्रम रेन्टनकै कार्को थिएटरमा १९ र २० अक्टोबरमा पनि आयोजना हुने गायक बरालले बताए ।

केही समयअघि नयाँ गीत ‘बाख्रा करायो’ सार्वजनिक गरेका यम नेपाली सुगम संगीत र पार्श्व गायनका लोकप्रिय हुन् । सांगीतिक कन्सर्टमा उनी बादलुको घुम्टोले, निष्ठुरीले छाडेर गइहाली, अब चोटहरुले, मन रहे पो मायाप्रीति, सनम माया लाको, बाख्रा करायो जस्ता लोकप्रिय गीतमार्फत दर्शकलाई मन्त्रमुग्ध बनाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?