+
+

दुई छोरी हत्या अभियोगमा महिला पुर्पक्षका लागि थुनामा

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १७ गते १९:२७

१७ असोज, विराटनगर। दुई नाबालक छोरीको हत्या आरोपमा पक्राउ परेकी महिलालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।

मोरङको सुन्दरहरैँचा नगरपालिका–७ मा विष खुवाएर नाबालिका २ छोरीको हत्या गरेको अभियोगमा पक्राउ परेकी २१ वर्षीया अस्मिता पौडेल (कार्की) जिल्ला अदालत मोरङका न्यायाधीश पारसमणि पोखरेलको इजलासले पुर्पक्षका लागि थुनामा पठाएको हो ।

अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार मंगलबार अस्मितालाई थुनामा पठाउन आदेश भएको हो । विष खुवाएर नाबालिका २ छोरीको हत्या गरेको आरोपमा प्रहरीले १९ भदौमा उनलाई झापाको बिर्तामोडबाट पक्राउ गरेको थियो ।

निर्माणाधीन घरमा पानी नलगाएको विषयमा श्रीमान अर्जुन कार्कीसँग विवाद भएपछि १४ भदौमा छोरीहरु १ वर्षीया आइङ्का र ३ वर्षीया अर्पणा कार्कीलाई लिएर उनी घरबाट हिडेकी थिइन् ।

भोलिपल्ट सुन्दरहरैँचा–७ का नारायण न्यौपानेको केरा बगानमा दुई छोरी मृत अवस्थामा फेला परेका थिए । अनुसन्धानका क्रममा विष खुवाएर उनीहरुको हत्या गरेको देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?